२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

मोदीको तेस्रो भ्रमण : तराईदेखि हिमालसम्म


६ जेष्ठ २०७५, आइतबार  

0
Shares

एभरेस्ट टाइम्स ब्युरो/काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटकको नेपाल भ्रमण सफलतापूर्वक सकाएर स्वदेश फर्केका छन् । वैशाख २८ गते एअर इन्डियाको जहाजबाट बिहान साढे १० बजे जनकुपर ओर्लेका उनलाई रातो कार्पेटसहित रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए ।लगत्तै जानकी मन्दिर पुगेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे र दुबैले सँगै पूजा र सम्बोधन गरे ।

त्यसपछि मोदीलाई नागरिक अभिनन्दन गरियो । जनकपुर उपमहानगरपालिकाका तर्फबाट उनलाई अभिनन्दन गर्नुका साथै त्यहाँ तीन वटा १२१ किलोको मालासमेत पहिराइदियो ।जनकपुरमा जनकपुर अयोध्या बस सेवा शुरु गरे दुबै प्रधानमन्त्रीले । रामायण सर्किटको पनि शुरुवात गरे । त्यसपछि काठमाडौंका लागि उडे मोदी उही एअर इन्डियाको जहाजबाट ।शुरुमा पटना हुँदै हेलिकप्टरबाट आउने भनिएपनि मोदीले सरप्राइज दिएर जहाजबाट आए । काठमाडौंमा मोदीलाई पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे ।

त्यसपछि बौद्धस्थित होटल हायतमा पुगे उनी । त्यहाँबाट उनी साँझ टुँडिखेलस्थित सैनिक मञ्चमा गार्ड अफ अनरका लागि आइपुगे । गार्ड अफ अनरपछि मोदीले उपराष्ट्रपति नन्दकिशोर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । त्यही साँझ संयुक्त पत्रकार सम्मेलन आयोजना भयो होटल द्वारिकाजमा । अनि अरुण तेस्रोको शिलान्यास । त्यहाँ प्रधानमन्त्री ओलीले भारतीय समकक्षीको सम्मानमा रात्रीभोज आयोजना गरिएको थियो ।द्वारिकाजमा पूर्वप्रधानमन्त्रीहरुसँगसमेत भेट गरे ।

होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।  भोलिपल्ट बिहानै मोदी मुक्तिनाथ पुगे । त्यहाँ पूजा सकेपछि जोमसोम हुँदै काठमाडौं फर्के । पशुपतिनाथको पूजा गरे । पशुपतिबाट फर्केपछि दलका नेताहरुसँग हायतमा भेट गरे । दिउँसो काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन ग¥यो । उनलाई ५५ किलोको बुद्धको मूर्ति प्रदान गरियो । त्योसँगै उनको यो पटकको भ्रमण पुरा भयो । मोदीको तेस्रो भ्रमणले सरकारप्रति हेर्ने जनताको दृष्टिकोण बदलिदियो भने केही विषय विवादितसमेत बन्यो ।

कोलीजी, मुख्यमन्त्री राउतको अभिव्यक्ति र फ्रि मधेशको नारा

जनकपुरको अभिनन्दनमा मुख्यमन्त्री लालबाबु राउत सबैभन्दा बढी विवादित बनेका छन् । नेपालको संविधान विभेदकारी भएको वक्तव्य पेश गरेपछि उनी विवादित बनेका हुन् । उक्त कार्यक्रममा राखिएको नेपालको झन्डाको आकारसमेत बिगारेको भन्दै उनलाई प्रशिक्षण दिन कतिपयले माग गरेका छन् ।

अर्को विवादित विषय फ्रि मधेशको नारा थियो । मोदीको नागरिक अभिनन्दन चलिरहँदा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे । सोही समयमा सिके राउतका कार्यकर्ताले होहल्ला गर्दै फ्रि मधेशको नारासहितको ब्यानर प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरुलाई पक्राउसमेत गरिएको थियो।

भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीलाई ‘कोलीजी’ भन्दै सम्बोधन गरेको विषय पनि चर्चामा रह्यो । सम्बोधनका क्रममा मोदीले ओलीलाई दुईपटक कोलीजी भनेका थिए ।

मुक्तिनाथ र राष्ट्रियसभा गृहमा नेपाली मिडियालाई नो ‘इन्ट्री’

मोदी भ्रमणको दोस्रो दिन मुक्तिनाथमा पूजा गर्न पुगेका बेला नेपाली मिडियालाई सामाचार संकलनमा बाधा पु¥याएको थियो भने नागरिक अभिनन्दनका लागि राखिएको राष्ट्रिय सभा गृहको कार्यक्रममा पनि त्यस्तै भयो । यी दुई विषय विवादमा तानियो भने अहिले भारतीय सेना नेपालमा रहेको भन्दै संसदमासमेत यस विषयमा बहस शुरु भएको छ ।ने

पालको विकासको लागि शेर्पा बन्न तयारः मोदी

नेपालको पूर्ण विकासको लागि आफूले शेर्पाको भूमिका निभाउने वचन दिएका छन् ।राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको अभिनन्दन ग्रहणपछि मोदीले नेपालको विकास सगरमाथाको बेसक्याम्पमा पुगेको र शिखर पुग्न बाँकी रहेको बताए । भने, ‘जसरी शेर्पाले सगरमाथा चढ्न सहयोग गर्छन् ।  त्यसरी नै नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार छ ।’ उनले भने, ‘नेपाल आफ्नो प्राथमिकता र आवश्यकतामा अगाडि बढोस । त्यसमा भारत काँधमा काँध मिलाएर अगाडि बढ्न तयार छ ।’

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आइतबार  ९ : ०९ बजे