६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

सर्बियालाई हराउँदै ब्राजिल बन्यो समूह विजेता, स्विट्जरल्यान्ड उपविजेता


१४ असार २०७५, बिहिबार  

0
Shares

पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह चरणको अन्तिम खेलमा सर्बियालाई २-० ले पराजित गरेपछि समूहमा शीर्ष स्थान हात पार्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।

समूह चरणको यो अन्तिम खेल महत्त्वपूर्ण थियो र अनपेक्षित नतिजा पाएको भए ब्राजिल समूह चरणबाटै बाहिरिन बाध्य हुनसक्थ्यो।

स्विट्जरल्यान्डसित एउटा खेल बराबरी र कोस्टारिकालाई पराजित गर्दै एउटामा जित हात पारेको ब्राजिलसित ४ अङ्कमात्र थियो र  सर्बियाले  कोस्टारिकासित जित र स्विटजरल्यान्डसित बराबरी गरेपछि ३ अङ्क पाएको थियो। सर्बियाले ब्राजिललाई पराजित गरेको भए सर्बिया समूह चरणको टप बन्दै ब्राजिल बाहिरिन सक्थ्यो।

समूह ई कै मध्यरातमा भएको अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टारिकाले २-२ को बराबरी खेलेपछि स्विट्जरल्यान्ड तीन खेलमा एक जित र दुई बराबरीका साथ समूहको दोस्रो भई दोस्रो चरणमा प्रवेश गरेको छ।

अब दोस्रो चरणमा ब्राजिलको भिडन्त मेक्सिकोसित सोमबार हुनेछ भने स्विडेनले स्विट्जरल्यान्डसित मंगलबार खेल्नेछ।

प्रकाशित मिति : १४ असार २०७५, बिहिबार  ७ : ३९ बजे