१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ब्राजिल क्वाटरफाइनल प्रवेश, मेक्सिको घर फिर्ता


१८ असार २०७५, सोमबार  

0
Shares

ब्राजिलका लागि नेमारले मध्यान्तरपछि गरेका एक गोल गरे । उनकै सहयोगमा फर्मिनोले गरेको अर्को गोलले ब्राजिल मेक्सिकोलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मध्यान्तरसम्म बिना कुनै गोल बराबरी रहेको खेलमा ५१ औँ मिनेटमा नेमारले गोल गरेका थिए । विलियनको क्रसमा एल ट्रिले गोल गर्न नसकेपनि नजिकै रहेका नेमारले बललाई जालीभित्र पसाउन सफल भए ।

८८ औँ मिनेटमा दोस्रो गोल भने नेमारकै पासमा फर्मिनोले गरे ।

योसँगै मेक्सिकोविरुद्ध विश्वकपमा भएका पाँच खेलमा ब्राजिलले चार जित र एक बराबरी गर्न सफल भएको छ । मेक्सिकोले भने ब्राजिलविरुद्ध अहिलेसम्म गोल गर्न सकेको छैन ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार  ९ : ४९ बजे