१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इङल्यान्डलाई २-१ ले हराउँदै क्रोएसिया फाइनल प्रवेश, फाइनल फ्रान्ससँग


२८ असार २०७५, बिहिबार  

0
Shares

इङल्यान्डलाई २-१ ले हराउँदै क्रोएसियाले विश्वकप फाइनलमा फ्रान्ससँग भिडन्त तय गरेको छ।

इभान पेरसिक र मारियो मान्डुकिचको गोल मद्दतमा इंग्ल्याण्डलाई अतिरिक्त समयमा पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो।

इंग्ल्याण्डले भने अब तेस्रो स्थानको लागि बेल्जियमसँग खेल्नेछ।

खेलको पाँचौ मिनेटमै पछि परेको क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो।

विश्वकप खेल्न थालेको दुई दशकपछि क्रोएसियालाई फाइनलमा पुर्‍याउन मारियो मान्डुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयको २०औँ मिनेटमा मान्डुकिचले गरेको गोल क्रोएसियालाई जित दिलाउन पर्याप्त भयो।

सुरुमै अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा ५२ वर्षपछि विश्वकपको फाइनल पुग्ने थ्री लायन्सको सपना भने यस पटक अधुरै रह्यो।

सेन्ट पिटर्सवर्गस्थित लुजनिकी स्टेडियममा भएको खेलको पाँचौ मिनेटमै किरन ट्रिपीएरले फ्रिकिकमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा लिएको एक गोलको अग्रतालाई थ्री लायन्सले दोस्रो हाफको पनि आधा समयसम्म कायम राखेको थियो।

खेलको ६८औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले सिम भर्लाज्कोको क्रसमा हेड मार्फत गोल गर्दै खेललाई १-१ को को स्थितीमा पुर्‍याए। त्यस लगत्तै पेरिसिकको प्रहार पोष्टमा लाग्दा क्रोएसियाले अग्रता लिने मौका गुमाएको थियो।

प्रकाशित मिति : २८ असार २०७५, बिहिबार  २ : २२ बजे