लामो समयपछि आरआर नेविसंघले पायो नयाँ नेतृत्व, इकाई सभापतिमा बास्तोला
२०७५ श्रावण २१, सोमबार ०९:४५

काठमाडौं। रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपाल विद्यार्थी संघको एकाई सभापतिमा पुस्कर बास्तोला चयन भएका छन् ।
आईतवार क्याम्पसमा एक कार्यक्रम आयोजना गरी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आरआरको एकाई सभापतिमा बास्तोलालाई सर्वसम्मतिले चयन गरेको हो ।
आरआरको सभापतिमा बास्तोलाको चयनसँगै संक्रमण अन्त्य भएको पूर्व इकाई सभापति लीला भट्टराईले बताए । यसअघि विवादका कारण इकाई सभापतिको चयन हुन सकेको थिएन ।
सोलुखुम्बुका बास्तोला आरआरमा स्नातक पहिलो वर्षमा राजनीति शास्त्र विषय लिएर अध्ययनरत छन् । अघिल्लो इकाईमा उपासभापति रहेका बास्तोलाले सभापतिमा चयन भएसँगै अब विधानअनुसार नेविसंघलाई बलियो बनाउने प्रतिक्रिया दिएका छन् ।
देशका कुनाकुनाबाट आइपुगेका विद्यार्थीलाई सहयोग गर्नुका साथै शैक्षिक स्तर उकास्न नेविसंघ हरदम खट्ने उनले प्रतिवबद्धता व्यक्त गरे । अखिलको किल्लाका रुपमा हेरिँदै आएको आरआरमा नेविसंघको बलियो उपस्थिति देखाउने काम पहिलो प्राथमिकतामा राखेको उनले बताए ।