१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

गणेश श्रमणको लघुकथा ‘गुलियो काठमाडौं’ सार्वजानिक


६ भाद्र २०७५, बुधबार  

0
Shares

काठमाडौं। साहित्यकार गणेश श्रमणको पहिलो लघुकथासङ्ग्रह ‘गुलियो काठमाडौं’ सार्वजानिक भएको छ।

बुधवार राजधानीको अनामनगरस्थित बिनायो क्याफेमा ‘लघुकथा समाज नेपाल’को १०औं लघुकथा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको तेस्रो दिन पारि श्रमणको पहिलो लघुकथा ‘गुलियो काठमाडौं’ सार्वजानिक भएको हो।

वरिष्ठ आख्यानकार माया ठकुरी, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, कवि डाँडाँ साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, समालोचक डा.लक्ष्मन प्रसाद गौतम, समालोचक महेश पौडेल र लेखक गणेश श्रमणले गुलियो काठमाडौंको घुम्टो उघारेका थिए।

श्रमणले यसअघि २०६६ सालमा ‘शब्द क्रान्ति’ कविता संग्रह वाट साहित्य क्षेत्रमा प्रवेश गरेका उनले लामो समयको अन्तरालमा गुलियो काठमाडौं शिर्षकमा लघुकथासंग्रह ल्याएर आएका छन्।

समालोचक पौडेलले गुलियो काठमाडौंका कथाहरु अलि सस्पेन्समा नभएको, अव के हुने हो?, ला?, त्यस पछि कस्तो हुन्छ होला? भन्ने खालको प्रश्नवाचक स्थितिमा पाठकलाई नराखिएको, प्राय कथाको अन्यमा समाधान भएको कथाहरु प्रश्तुत गरिएको बताए।

सस्पेन्समा नराखिएता पनि प्रत्यक कथाहरुले अहिलेको समाजको चरित्रिक चित्रण, वर्तमान राजनीतिक र बैदेशिक रोजगारीमा जानुपर्दाको पुरुषले भोग्नु परेको पीडाहरुको सान्दर्भीक तरिकामा समावेश गरिएको पौडेलको तर्क थियो।

पुस्तकमा करिव आधा दर्जन कथा हरु अत्यन्त्यै लामो भएको आउदो दिनहरुमा अलि संक्षिप्त रुपमा समावेश गर्नुपर्ने लेखकलाई आग्रह गर्दै समालोचन गौतमले कथामा प्रतक्ष रुपमा समाजमा घटिरहेका राजनीतिक, भ्रष्टाचार, विसंगति, विरोधि साहित्यिक विकृतिहरु बारेमा व्याङ्ग्यत्मक प्रहार गरिएको बताए।

शिखा बुक्सले बजारमा ल्याएको उक्त पुस्तकमा ५६ कथाहरु समावेश छ। पुस्तकको मुल्‍य रु दुई सय तोकिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार  ७ : ४८ बजे