१० असार २०८३, बुधबार | Wed Jun 24 2026

ज्योतिषको भेषमा पाँच महिनादेखि बलात्कार


२३ भाद्र २०७५, शनिबार  

0
Shares

नेपालगन्ज। बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ ।

बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो।

झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका (४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य क्रियाकलाप गरेको बिहीबार साँझ प्रहरीमा जाहेरी आएको थियो।

बिरामी किशोरीलाई झारफुक गर्ने नाममा ती व्यक्तिले निरन्तर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन्। आफूलाई साईबाबा भन्ने ती व्यक्तिले झारफुकको बहानामा गत वैशाखदेखि बलात्कार गर्दै आएको पीडितले बयान दिएकी छन्।

बाहिर कसैसँग कुरा गरे जे पनि हुन सक्नेु साईबाबाले धम्की दिएका कारण पीडितले कसैलाई नभनेको बताईन। यो राजधानी दैनिकमा खबर छ।

 

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार  ९ : १८ बजे