२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

आलोकको अध्यक्षतामा अखिल क्रान्तिकारीको १,५१ सदस्यीय केन्द्रीय समिति गठन


२ आश्विन २०७५, मंगलबार  

0
Shares

काठमाडौँ। अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ।

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको लागि बलिदान समेत दिन तयार हुने अखिल क्रान्तिकारीको नवनिर्वाचित अध्यक्ष आलोक रायमाझीले बताए।

मंगलबार राजधानीको अनामनगरस्थित सम्बाद डबलीमा अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा आलोक रायमाझीको अध्यक्षतामा १५१ केन्द्रीय समिति निर्वचित भएको छ।

२२ औं राष्ट्रिय सम्मेलनले एउटै देशमा दुई शिक्षा नीतिकै कारण गरिवका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर गर्दै अखिल क्रान्तिकारीले दोहोर शिक्षा नीतिका साथै नीजिकरण, माफियाकरण र दलालीकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको जानकारी दिए।

शिक्षा क्षेत्रका दलाल तथा माफियाहरुको सूची तयार गरेर भण्डाफोर र कारवाही गर्ने, गैरकानुनी रुपमा संचालित विदेशी शिक्षण संस्थाहरुलाई खारेजको लागि दवावमूलक आन्दोलन गर्ने सम्मेलनले निर्णय भएको रायमाझले जानकारी दिए।

शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगती, नीजिकरण, व्यपारीकरण,दलालीकरण, माफियाकरण, भ्रष्टीकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको रायमाझीले बताए।

सम्मेलनमा रायमाझीको अध्यक्षतामा महासचिव सुन्दर रायमाझी, सचिव मनोज यादव, सहसचिव सुस्मिता कुलुङ, कमला बोहरा र कोषाध्यक्ष बिनोद सुनाम निर्वाचित भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ७ : ५१ बजे