२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

धनगढीका रवि ओड बने दोस्रो नेपाल आइडल


६ पुस २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । धनगढीका रवि ओड  दोस्रो नेपाल आइडल बनेका छन् । आज ललितपुरको इन्जिनियरिङ कलेजस्थित चौरमा भएको ग्रान्ड फिनालेमा सबैभन्दा धेरै भोट पाएर उनी दोस्रो नेपाल आइडल बनेका हुन् ।

यो सँगै रविले होन्डाको गाडी र २२ लाख चेक पाएका छन् ।

नेपाल आइडल आउनुअघि दोहोरी साँझमा गाउँथे। धनगढी अडिसनमा ‘जाउँला रेलैमा’मा गाएपछि उनले नेपाल आइडमा आफ्नो स्थान बनाएका थिए। रवि लोकदोहोरी, पप हिन्दी, पप सबै विधामा गाउन सक्छन।

‘पार्‍यौ भुतुकै’ बोलको गीतबाट निर्णायक न्ह्यू बज्रचार्यको नजरमा परेका थिए रवि। उनको स्वर पार्श्व गायनमा रुचाइन्छ। ‘देउडा’, ‘म मौनता’, ‘सम्बोधन तिमीले’,’मायाले बाध्यो लौ रेसम’,’फेवा तालमा साइँली’ उनले प्रस्तुत गरेका उत्कृष्ट प्रस्तुति थिए।

फिनालेमा पोखराका बिक्रम बराल, धनगढीका रवि ओड र झापाका अस्मिता अधिकारी र सुमित पाठक रहेका थिए। बिक्रम र सुमित गोल्डेन माइक पाउँदै फिनालेसम्मको यात्रा गरेका हुन्।

 

फस्ट रनर अप- बिक्रम बरालले २० लाख पुरस्कार पाएका छन् ।

सेकेन्ड रनर अप – सुमित पाठकले १५ लाख पुरस्कार पाएका छन् ।

थर्ड रनर अप-अस्मिता अधिकारीले होन्डाको स्कुटर पाएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  ९ : १४ बजे