१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

नेपालको शिक्षा क्षेत्रको गुणस्तर बढाउन धेरै कलेज खोल्ने हैन उत्तीर्णाङ्क बनाउनु पर्छ, : गगन थापा


१० माघ २०७५, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको नेता गगन थापाले नेपालको सम्पूर्ण शिक्षा क्षेत्रलाई गुणस्तर बढाउन धेरै कलज खोल्नु भन्दा उत्तीर्णाङ्क  ४० प्रतिशत देखि ६० प्रतिशतमा बढाउनु पर्ने बताए ।

बिहिवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबद्वारा आयोजित साक्षात्कारमा थापाले नेपालको सम्पूर्ण शिक्षा बढाउन क्षेत्रको गुणस्तर धेरै संख्यामा कलेज खोल्नु भन्दा पासमार्कलाई बढाउनु पर्ने बताएका हुन् ।

उनले अनसनरत डा. गोविन्द केसीलाई सरकारले लगातार झुटा आश्वासन मात्र दिइरहेको जिकिर गर्दै भने, ‘डा.केसीको माग पूरा गर्न प्रधानमन्त्रीले के के नै गर्नु पर्छ भन्ने हैन । स्वास्थ्ये मन्त्रीले सच्याएत भै हाल्थ्यो नि ? माग पूरा गरे त प्रधानमन्त्रीकै हाई हाई हुने हो नी । तर, किन वास्ता गर्दैन सरकार ?’

नेपालमा चिकित्सा शिक्षा क्षेत्र नचाहनेहरुको कारण नेपालको विद्यार्थीहरु वाह्यदेशमा अध्यान गर्न जान बाध्य छन् । थापाले भने, ‘सरकार किन मौन छ । सरकार लाचार होकी अहंकारी ? यदी, लाचार हो भने घिनलादो सरकार हो । यदी, अहंकारी हो भने डरलाग्दो सरकार बन्दै छ ।’

थापाले सदनको कुरा जोड्दै भने, ‘वास्तवमा सभामुख र उपसभामुख एउटै पार्टीको हुनु हुदैन । सदन प्रधान्मन्त्रीले हैन सभामुखले चलाउने । वाराम्वार हामीलाई पेलेर जान खोज्छन् । तर, चार बर्ष अझै बाकी छ, यस्तै पाराको हामीमाथि हेपाई गर्न थालियो भने, सभामुखलाई सदन चलाउन गाह्रो होला । हामी पनि त्यतिकै चुप बस्नेवाला छैनौं ।’

सदन निष्पक्ष र तथष्ट छैन । उनले थपे, ‘आउदो दिनमा सभामुखले विवेक नपुर्याए सरकारलाई नै अप्ठ्यारो पर्न सक्छ । सरकारले दुई तिहाईको दम्भमा कसैलाई पेलेर लान खोज्छ भने, सरकार पनि स्वतन्त्र अगाडि बढ्न सक्दैन । ठूलो बाधा समत आउन सक्छ ।’

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  ६ : ३३ बजे