१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

शेर्पा किदुगबाट एक खुट्टा गुमाएका पासाङलाई करिब ७ लाख सहयोग


Ang

१४ माघ २०७५, सोमबार  

0
Shares

वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा काम गर्दा गदै एउटा खुट्टा गुमाएका अपांग पासाङ शेर्पालाई शेर्पा किदुग अमेरिकाले संकलन गरेको रु ५ लाख ७४ हजार ७ सय ७० रुपैया सहयोग हस्तन्तरण गरियो । पासाङ सोलुखुम्बु नेचा सल्यानका हुन । उनलाई अमेरिकास्थित शेर्पा किदुग कार्यसमिति र अन्य सहयोगीहरुबाट संकलित रकम किदुगका खेल संयोजक फुर्वा शेर्पाले काठमाडौ भेटेर हस्तन्तरण गरेका हुन ।

शेर्पा सेवा केन्द्र,हिमालयन शेर्पा सास्कृतिक केन्द्र, शेर्पा सञ्चार समूह नेपाल लगायतका संघ संस्था तथा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा उक्त रकम वितरण गरेको थियो । शेर्पा किदुगका खेल संयोजक पुर्वा शेर्पाले शेर्पा किदुग अमेरिकालाई पासाङको सहयोगमा सवैले दिएको आर्थिक सहयोग संकलन गरेर उनलाई भेटेर दिन पाउदा खुसी लागेको बताउदै आगामी दिन पनि सबैको यस्तै सहयोगको आशा गरेको बताएका थिए । उक्त अवसरमा शेर्पा सेवा केन्द्रका अध्यक्ष सोनाम छोटि शेर्पाले मानवीय सेवाको भावनाले शेर्पा किदुग अमेरिकाले गरेको कार्यको प्रसंसा गरेकी थिइन ।


वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका पासाङ शेर्पा अचानक विरामी भएपछि अस्पताल भर्ना भएका थिए । केही दिनको उपाचारको क्रममै उनको खुट्टामा क्यान्सर भएको भन्दै मलेसियाको अस्पतालमा दाहिने खुट्टाको आधा भन्द बढि भाग काटेको थियो । मलेसियामा उनले भोग्नु परेको दर्दानाक दुख देखेर विभिन्न मुलुकमा रहेका दानी व्यक्तिहरुले उनलाई आर्थिक सहयोग गरेका थिए । पासाङको दुख देखेको वितिकै न्युयोर्कबाट समाजसेवि श्रीमति पासी शेर्पाले रु ५ लाख ६८ हजार ७ सय ५१ रुपिया दियामिडिया मार्फत धर्म गुरु आचार्य नुर्बु शेर्पाबाट हस्तन्तरण गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ९ : ५९ बजे