काठमाडौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले शेर्पा समुदायको महान पर्व ग्याल्पो लोसारको अवसरमा लोसार गुथुक साँझसँगै विविध कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्ष स मो फाग् लो २१४६ औं ग्याल्पो लोसारसँगै केन्द्र स्थापनाको २५औं वर्षगाँठलाई रजत जयन्तीको रुपमा मनाउने गरी आउँदो माघ २० गतेदेखि २२ गतेसम्म चुच्चेपार्टीस्थित ह्यात चौरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
शेर्पा समुदायको मौलिक कला, संस्कृति र भाषाको जगेर्ना उद्देश्यले शुभकामना आदानप्रदान गरी २१४६ औं ग्याल्पो लोसार मनाउने तयारी भइरहेको संस्थाका अध्यक्ष छिरिङ शेर्पाले बताए ।
कार्यक्रममा बृहत शेर्पा स्याब्रु नृत्य प्रतियोगिता र स्वर्गीय साम्दे शेर्पा वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उक्त प्रतियोगिताका विजेताहरुले आकर्षक पुरस्कारसमेत प्राप्त गर्नेछन् ।
उहाँकाअनुसार यही माघ २० गते लोसार गुथुक साँझ, २१ गते बृहत स्याब्रु नृत्य तथा वक्तृत्वकला प्रतियोगिता, २२ गते स्व. साम्दे शेर्पा राष्ट्रिय पुरस्कार तथा विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम रहेको छ । सो अवसरमा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिसमेत रहनेछ ।
यस्तो छ कार्यक्रम तालिकाः
मिति : २०७५ माघ २० लोसार गुथुक साँझ
मिति : २०७५ माघ २१ बृहत स्याब्रु नृत्य तथा वक्तृत्वकला प्रतियोगिता
मिति : २०७५ माघ २२ साम्दे शेर्पा राष्ट्रिय पुरस्कार तथा प्रतियोगिता विजेताहरुलाई पुरस्कार वितरण
स्थान : ह्यात चौर, चुच्चेपाट्टी
स्याब्रु प्रतियोगिताको पुरस्कार राशी
दर्ता शुल्क : रु. ५,००० –/
प्रथम पुरस्कार : रू. ५०,०००–/ ट्रफी र प्रमाणपत्र
द्धितीय पुरस्कार : रू. ३०,००० –/ ट्रफी र प्रमाणपत्र
तृतीय पुरस्कार : रू. २०,००० –/ ट्रफी र प्रमाणपत्र
पब्लीक चोईस अवर्डः रू १०,००० –
वक्तृत्वकलाको शीर्षक : नेपालको राजनीतिक क्षेत्रमा शेर्पा समुदायको नेतृत्व किन स्थापना हुन सकेन ?
वक्तृत्वकला प्रतियोगिताको पुरस्कारः
दर्ता शुल्क : १,००० –
प्रथम पुरस्कार : रू. २०,०००–/ ट्रफी र प्रमाणपत्र
द्धितीय पुरस्कार :रू. १५,००० –/ ट्रफी र प्रमाणपत्र
तृतीय पुरस्कार : रू. १०,००० –/ट्रफी र प्रमाणपत्र
सान्त्वना : रू ५,०००/–