२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुलाई श्रद्धाञ्जली, थामिएनन् आँशु, ३० फोटोमा हेर्नुस


१७ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

शुभप्रभात राई / काठमाडौं

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन शव टुँडिखेलमा राखिएको थियो ।

गत १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो । मृतकको शब पहिचान भएपछि आज बिहान श्रद्धान्जलीका लागि टुंडीखेलमा राखिएको हो ।

शुक्रबार बिहान ८ बजेबाट शुरु भएको श्रद्धाञ्जलि कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल, सभामुख कृष्ण बहादुर महरा,  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. वावुराम भट्टराई, मन्त्रीहरु लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता, आफन्तजन साथै सर्वसाधारण लगाएतको सहभागिता रहेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ५९ बजे