६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

गिरिजाप्रसादको स्मृति दिवसमा ट्रेड युनियन कांग्रेसको पार्टीसँग सम्वाद कार्यक्रम


८ चैत्र २०७५, शुक्रबार  

0
Shares

काठमाडौं: नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष गिरिजा प्रसाद कोइरालाको ९औं स्मृति दिवसको अवसरमा पार्टीका युवा तथा महिला नेतृत्वसंग बृहत सामाजिक सम्वाद कार्यक्रम शुरु गरेको छ ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले श्रमिकका विविध समस्या समाधान कसरी गर्न सकिन्छ ? अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा , पन्जिकरण, शिक्षा, स्वास्थ्य र मर्यादित रोजगारी , त्रिपक्षीय श्रम आयोग गठन , नीतिनिर्माण तहमा सार्थक श्रमिक प्रतिनिधित्व र पार्टीको हरेक संरचनामा श्रमिक प्रतिनिधित्व सुनिश्चित गरि दिगो लोकतन्त्रको संस्थागत विकासकालागी ट्रेड युनियनको के भुमिका चाहिन्छ ? ट्रेड युनियनलाई कसरी हेरेको छ र कसरी माथीका विषयहरुमा सहयोग गर्न सकिन्छ भन्ने उदेश्यले सम्वाद शुरु गरेको बताए ।

राजनीतिक विश्लेषक एवं समाजशास्त्री हरि शर्माले ट्रेड युनियन आन्दोलनकोबारेमा चर्चा गरेका थिए । कार्यक्रममा सहभागी ट्रेड युनियन कांग्रेसका केन्द्रीय पदाधिकारी र सदस्यहरुले श्रमिकका विभिन्न समस्या र पार्टीकोबारे राखेको प्रश्नको जवाफ दिदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्त,धनराज गुरुङ ,जिवन परियार,सिता गुरुङ ,गोविन्द भट्टराई ,कल्याण गुरुङ ,विर ब. बलायर र सरिता प्रसाई लगायतले श्रमिकको समस्या र सामाजिक न्यायका विषयमा ट्रेड युनियनको साथमा रहेको प्रतिबद्ध व्यक्त गरे ।

सम्वाद कार्यक्रम पार्टीका विभिन्न तहका नेतृत्व र सामाजिक सहयात्रीहरुसंग विभिन्न चरणमा गर्ने ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार प्रसार प्रकाशन विभाग प्रमुख बलदेव तामाङले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ०३ बजे