न्यूयोर्कमा रहेको सामाजिक सस्था रिजवुड नेपाली समाजको हालै सम्पन्न अधिबेसनले राजेश भट्टको नेतृत्वमा नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेका छन । निर्विरोध निर्वाचित कार्यसमितिमा अध्यक्ष राजेश भट्ट ,उपाध्यक्षमा भुवनेश्वर अधिकारी ,सचिवमा दिपक राज काफले ,सह सचिवमा गोपी प्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा मोहन प्रसाद गौतम ,यादव प्रसाद वास्तोला ,सुशील भुसाल ,हरि बहादुर केसी ,तुलसीराम आचार्य तथा चन्दि्रका भण्डारी पौडेल महिला सदस्यमा निर्वाचित भएका छन । निर्वाचित पदाधिकारीहरुको नाम निर्वाचन अधिकृत कुमार प्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन । निर्वाचित पदाधिकारीहरुले मन्दिरमा पुजासंगै पण्डित उद्धव शास्त्रीबाट आर्शीवाद स्वरुप टिका ग्रहण गरेका थिए ।