३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

नेजाको १३ औं साधारणसभा टेक्सासको ड्यालसमा हुने


२५ चैत्र २०७५, सोमबार  

0
Shares

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औँ साधारणसभा टेक्सासको ड्यालसमा हुने भएको छ । पत्रकारितामार्फत समुदायलाई एकै ठाउँ ल्याउने उद्देश्यले नेजाले “Bringing the community together through journalism”नाराका साथ आउने मे महिनाको ४ र ५ तारिखमा साधारणसभाको आयोजना गर्न लागेको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेजाले वर्षिक साधारणसभा आयोजना गर्दै आएको छ । संयुक्त राष्ट्रसंको घोषणा अनुसार हरेक वर्ष मे ३ तारिखका दिन विश्वभरका पत्रकारहरुले विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरेको छ । साधारण सभामा सहभागीलाई मे ४ शनिबार र मे ५ आइतबारको लागि होटलको निशुल्क व्यवस्था गरिएको संयोजक विकासराज न्यौपानेले जानकारी दिए ।

मे ३ तारिख दिउँसो ३ बजेभित्रमा ड्यालस आइसक्ने सदस्यहरूलाई ओक्लोहामा राज्यमा भ्रमण र सोही स्थानमा बस्ने व्यवस्था मिलाइएको समेत संयोजक न्यौपानेले जानकारी दिए । साधारणसभामा नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित अमेरिका तथा क्यानाडाका झण्डै डेढ सय पत्रकार तथा सञ्चारकर्मी सहभागी हुँदै छन् ।

यसैबीच, साधारणसभाको तयारीका लागि विभिन्न समिति गठन गरिएको छ । साधारण सभा सफल पार्न टेक्सासको ड्यालस क्षेत्रमा सक्रिय सञ्चारकर्मी तथा पत्रकारहरुबीच भएको छलफलले विभिन्न समिति गठन गरेको हो ।

आवास तथा खाना व्यवस्थापन,यातायात, अतिथि स्वागत सत्कार लगायत विभिन्न समिति गठन गरिएको मध्ये क्षेत्रिण्य संयोजक रामचन्द्र भटट्ले जनाकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ८ : १३ बजे