रुसको राजधानी मस्कोमा रहेको एक विमानस्थलमा आपतकालीन अवतरणका क्रममा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रुसी समाचार संस्था तासले जनाएको छ । उडेको केही समयमा नै समस्या आएपछि विमानलाई आकस्मिक अवतरण गरिएको थियो । अवतरणकै क्रममा रनवेमै विमानमा आगलागी भएको हो ।
मस्कोबाट मारमास्क शहरका लागि उडान भरेको उक्त विमानमा चालक दलका सदस्यसहित ७८ यात्रु थिए । जसमा चालक दलका ४ जनासहित ३७ यात्रु जीवित रहेका छन् ।
सुखोई सुपरजेट–१०० मा प्राविधि समस्या आएपछि आकस्मिक अवतरण गरिएको थियो ।
रुसको सरकारी विमान कम्पनी एरोफ्लोटले प्राविधिक कारणले ल्याण्ड गर्ने क्रममा रनवेमै इन्जिनमा आगलागी भएको जनाएको छ ।