२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

यस वर्षको युवा मोती पुरस्कार फूलमान वल र धनकुटे कान्छालाई प्रदान


१५ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार साहित्यकार÷पत्रकार फूलमान वल र साहित्य सर्जक धनकुटे कान्छा(शंकर चापागाई)लाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

१५४ औं मोती जयन्तीको अवसरमा नेपाल शिक्षा परिषद्ले एक कार्यक्रम आयोजना गरी संस्कृतिविद एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीबाट सर्जकद्वयलाई पुरस्कार हस्तान्तरण गरे ।

युग कविका रुपमा चर्चित मोतिराम भट्टको सम्मानमा स्थापित पुरस्कारमा संयुक्त रुपमा ५० हजार रुपैंया र स्वर्णपदक रहेको छ ।

राष्ट्रिय युवा सेवा कोषले २०४२ बाट दि“दै आएको पुरस्कार यसबर्ष वल र चापागाइ“ले पाएका हुन् । कथा, कविता र नाट्य विधामा कलम चलाउने वलका ‘महाभारतकी मैच्याङ’, ‘काजोल खातुन’, ‘म्हेन्दोमाया’ लगायतका कृति प्रकाशित छन् भने कविता र गजलमा कलम चलाउने धनकुटेका ‘इतिहास निफनेर’ लगायतका कृति प्रकाशित छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ४७ बजे