अमेरिकी नेपाली समुदायमा शेर्पा किदुगले न्युयोर्कमा बर्षनी आयोजना गदै आएको २३ औ खेल प्रतियोगिता आइतबार सम्पन्न भयो । बाषिर्क रुपमा लेबरडेको अवसर पारेर न्युयोर्कको नेपाली समुदायमा सबैभन्द ठुलो खेल प्रतियोगिताको रुपमा किदुगले आयोजना गदै आएको यो २३ औ सस्कार हो । यस पटकको प्रतियोगिता अन्र्तगत फुटबलको उपाधी एनवाइएफसि र एनवाइजिफसि पाएका छन भने भलिबलको उपाधी सिन्धु सोसाइटीले हात पारेका छन । विगत झै यस पटक पनि फुटबल ३५ बर्ष मुनिको र माथिको गरि दुई समुहमा प्रतिष्प्रर्धा भएको थियो । आइतबार फुटबलको फाइनलमा शेर्पा किदुग र एनवाइएफसि वीच प्रतिष्प्रर्धा भएको थियो । गत वर्षपनि एनवाइएफसिले यो उपाधी जितेका थिए ।
यस पटक फुटबल तर्फ विभिन्न १७ समुह वीच प्रतिष्पर्धा भएको थियो । जसमा ३५ बर्षमाथिको ७ समुह र ओपन पुरुष फुटबल १० समुह वीच प्रतिष्प्रर्धा भएको थियो । त्यस्तै दुई महिला फुटबल समुह वीच पनि प्रतिष्प्रर्धा भएको थियो ।
त्यस्तै ३५ बर्ष माथिको फुटबलको फाइनल तमु समाज र ग्याल्सुम्दा वीच भएको थियो । प्राय सधै जितिरहने ग्याल्सुम्दालाई यस पटक एनवाइजिफसिले पहिलो पटक हराउन सफल भएको हो । खेल प्रतियोगिता अगष्टको ३१ र सेप्टेम्बरको १ तारिख भएको थियो । यो समुहमा फेयर प्लेयरको उपाधी तामाङले सोसाइटीको समुहले पाएका छन भने बेष्ट किपरको उपधी दुर्गा गुरुङले पाएका छन ।
पुरुषहरुमा ३५ बर्षमुनिको सेमिफाइनल,क्वाटरफाइनल र फाइनल रायनडल आइल्याण्डमा भएको थियो भने ३५ बर्ष माथिको पुरुष समुह र महिला फुटबल समुह वीचको फाइनल दोश्रो दिन क्विन्सवि्रज पार्कमा भएको थियो । भलिबल भने दुबै दिन क्विन्सवि्रज पार्कमा भएको थियो । भलिबलको फाइनल खेल सिन्धु समाज र तमु समाज वीच भएको थियो ।
त्यस्तै महिलाहरु वीचको प्रतियोगितामा युनाइटेड वुमेन फुटबल क्लबले उपाधी पाएका छन । महिलाहरु वीचको प्रतिष्प्रर्धामा बेष्ट खेलाडीको उपाधी युनाइटेड शेर्पा वुमेन क्लबको उषा भण्डारी र कल्पणा राईले पाएकी छिन । न्युयोर्कमा दुई बर्षदेखिन महिला फुटबल समुहले प्रतियोगितामा भाग लिदै आएका छन ।
ओपनमा फुटबल प्रतियोगितामा उत्कृष्ठ खेलाडीको रुपमा तेजेन्द्र छान्त्याल र कर्मा शेर्पाले गोल्डेन बुट संयुक्त रुपमा पाएका थिए भने बेष्ट किपरको उपाधी एनडी शेर्पाले पाएका थिए । फेयर प्लेको उपाधी एनवाइजिएफजिफसि B ले पाएका छन । त्यस्तै भलिबल प्रतियोगिताको उपाधी सिन्धु समाजले जितेका छन । भलिबल प्रतियोगितामा उत्कृष्ठ खेलाडीको उपाधी राजेन गुरुङले पाएका छन । प्रतियोगितामा बिजयी समुहहरुलाई आयोजक किदुगले नगद, शिल्ड,पदक र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नेपाल कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराईले प्रमाणपत्र र पदक वितरण गरेका थिए । प्रतियोगिता सफलताका साथ सम्पन्न गर्नमा सहयोग पुर्याउनेहरुलाई खेल संयोजक फुर्वा शेर्पा र अध्यक्ष उर्गेन शेर्पाले धन्यवाद ज्ञापन गरेका थिए ।
किदुगले फुटबल र भलिबलको साथै पार्कमा उपस्थित बालबालिकाहरु वीच १ सय मिटरको दौड, म्युजिकल चेयर, चम्चा दौड समेत गराएका थिए भने महिलाहरु वीच पनि म्युजिकल चेयर, पुरुषहरु वीच छेलो हान्ने र डोरि तान्ने प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगितामा मिठो खाना परिकार ल्याउनेहरुलाई पनि निर्णयक समुहले पुरस्कारको व्यवस्था गरेका थिए ।