४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

कराते प्रशिक्षक पारखी राइले पाए अन्तराष्ट्रिय कराते रेफ्रीको मान्यता


Ang

६ आश्विन २०७६, सोमबार  

0
Shares


अमेरिकाको न्युयोर्कस्थित इन्टरनेशनल मार्सल आर्टस एसोसियसन कराते डोजोका प्रशिक्षक पारखी राईलाई विश्व कराते महासंघ (डब्लुकेएफ ) ले विश्वभरि हुने कराते प्रतियोगिताको निर्णयक ( रेफ्री ) को रुपमा जिम्मेवारी दिएको छ । प्रशिक्षक राई कराते महासंघ अन्तर्गत करातेको काता र कुमिते दुबै तर्फको विश्वभर हुने कराते प्रतियोगितामा अब निर्णयक बन्न पाउने भएको छ । उनी यस अघि अमेरिकाभरिमा हुदै आएको कराते प्रतियोगितामा निर्णयकको भुमिका निभाउदै आएका थिए । अमेरिकामै कराते सिकेर यो तहमा पुग्ने उनी संभवत पहिलो नेपाली हुन ।

अमेरिकामा आएर कराते सिकेका राइले हालै इक्वेडरको ग्वायतुरमा सम्पन्न पान अमेरिकन कराते च्याम्पियनसिपको बेला अन्तराष्ट्रिय स्तरको निर्णयकको लागी काता र कुमुते दुबै तर्फको परिक्षा पास गरेर यो सफलता हात पारेको हो । निरन्तर खेलमा लाग्दै आउने क्रममा उनले चार बर्ष अगाडि युएसए कराते महासंघको राष्ट्रियस्तरको काता र कुमुते दुबै तर्फको निर्णयकको लाइसेन्स लिएका थिए । सोलुखुम्बुको माप्य दुधकोशि गाउ पालिका वाडन २ राप्छामा जन्मिएका राईले ३२ बर्षको उमेरमा न्युयोर्कमा आएर कराते सिकेका थिए । सन् २००८ मा आफना दूइ छोराहरुलाई लिएर उनी त्यतिखेर ज्याक्सन हाइटस्थित इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनमा कराते सिक्न गएका थिए ।

मेहनेत र लगनसीलतासंगै राइले आफु मात्र होइन संगै खेल्न गएका दुई छोरालाई पनि करातेको राम्रो खेलाडी बनाए । यसको साथै खेलप्रतिको नियमित लगाव र मेहनेतकै कारण उनले जुन डोजोमा कराते सिकेका थिए त्यही प्रशिक्षक बने त्यसपछि डोजो समेत आफैले किनेर मालिक बनेका छन । करातेमा तेस्रो डान प्राप्त गरेका उनी अहिले घरपरिवारसंगै दैनिक रुपमा टेक्सी कुदाउछन र बचेको समयमा कराते सिकाउदै आउने क्रममा प्रशिक्षक र रेफ्री बन्न सफल भएका छन । ‘मैले पाएको यो सफलताले थप जिम्मेवारीबोध थप जिम्मेवारीबोध भएको छ ‘ प्रशिक्षक पारखीले भने -‘ अब जीवनभरिनै यही खेलमै सर्मपित रहनेछु ‘ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : ०७ बजे