नेपालीहरूको बाक्लो बस्ति मानिएको न्युयोर्कको ज्याक्सन हाईटमा गरिएको आखाा शिविरमा आएका बच्चाहरूको आखा जाच गर्दा लगभग २०५ जना बच्चाको आखामा समस्या पाईएको छ । हामीले आखाको महत्व बुझेता पनि जन्मदेखि नै बच्चाहरूमा Amblyopia(lazy eye) हुनसक्ने र यसले बच्चाको vision मा असर गर्न सक्ने भएकाले प्रारम्भिक निदान र उपचारले बच्चाको दृष्टिमा लामो अवधिको समस्याहरू रोक्न मद्दत गर्दछ, साथै बच्चाहरूको junk food मोह तथा उनीहरूले प्रयोग गर्ने अहिलेका नया प्रविधिको समय कन्ट्रोल गर्न नसक्दा आंखाको vision मा कमि आएको हुन सक्ने प्राविधिक टोलीकी Lion Lavern Harrison र Lion Jerusha Jacob ले बताए ।
लायन्स क्लब आफ क्विन्स बुद्ध र International Martial Arts Association को संयुक्त आयोजना मा भएको Lions Kidsight USA प्रोग्राम अन्तर्गत लायन्स क्लब International बाट आएका दक्ष्य र उच्च प्रबिधिका आखा विशेषज्ञहरुको टीमले गरेको आखा स्क्रीनिंग सिविर सेवाबाट ३१ जना बालबालिकाहरु लाभान्वित भएका थिए । September २२, २०१९ को दिन भएको उक्त कार्यक्रममा बालबालिकाहरू आ आफनै अभिभावकहरुको निगरानीमा उत्सुकता पुर्बक सहभागी भएका थिए । ३१ जनाको आखा परिक्षण भए मध्ये २४ जनाको आखामा कुनै समस्या नभएको र ७ जनाको आाखा भने १०० प्रतिशत ठिक नभएको रिपोट आएको छ ।
आखाको जांचमा पास नभएका बच्चाहरुलाई विशेषज्ञ टीमले आखाको यथासक्य चाडो उपचारको लागि निर्देशन पनि दिएको लायन्स अध्यक्ष अर्जुन गौडेलले बताएका थिए । कार्यक्रम IMAA का sensei अध्यक्ष पर्खि राई एवं लायन्स क्लब क्विन्स बुद्ध का संस्थापक अध्यक्ष कृष्ण आचार्य, निबर्तमान अध्यक्ष बेगम पण्डित, पूर्व उपाध्यक्ष लायन प्रभात सापकोटा,दीपक राज घिमिरे, बर्तमान उपाध्यक्ष रीमाया नेपाली, पूर्व सचिब एकराज रिमाल, वर्तमान सचिब चन्द्र नेपाली, संस्थापक सदस्य अर्जुन कुमार कार्की, कुईन्स नेपप्लिज लायन्स क्लव का अध्यक्ष लायन पुरूषोत्तम पन्थी, Lions D20 K1का प्रतिनिधि लायन मंगलदास क्षेष्ठ, लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
२०१६ सालमा स्थापना भएको लायन्स क्लब बुद्धले आफनो स्थापनाकाल देखि नै विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ ।आगामी दिनमा पनि न्युयोर्कमा रहेका सघ सस्थांहरूसगं मिलेर Lions Clubs of International को र District D20 k1 सहयोग लिई सामाजिक सेवामा जुटिरहने योजना बनाएको र क्लवको कार्यक्रममा न्युयोर्कमा रहेका सघं सस्थाको सहयोग सद्भाव रहने सचिव चन्द्र नेपालीले बताए ।