न्युयोर्कमा विभाजित दुई तामाङ सस्थालाई एकताबद्ध हुनका लागी तामाङ समुदायका आधा दर्जन पुर्व अध्यक्षहरुको समुहले सबैलाई अपिल गरेको छ । पूर्व अध्यक्षहरु सम्मिलित यो समुहले सबै तामाङहरु एक हुनुपर्छ भन्ने सोचका साथ यो अभियानको शुरुवात गरेको हो । न्युयोर्कमा गत वर्ष नर्थ अमेरिकन तामाङ सोसाइटीको नेतृत्व चयन गरे लगतै न्युयोर्क च्याप्टर गठन क्रममा भएको मतभेदको कारण विभाजित भएको थियो ।
अहिले न्युयोर्कमा नर्थ अमेरिकन तामाङ सोसाइटी र तामाङ समाज अमेरिका भनी दुई सस्थाहरु गत वर्षदेखि अलग भएर विभिन्न कार्यक्रमहरु गदै आएका छन । दुबै सस्थाले फरक फरक स्थानमा हालसालै पहिलो साधारण सभा गरिएको थियो । यसरी विभाजित दुबै सस्थालाई मिलाउनका लागी यतिखेर सस्थापक अध्यक्ष सुवास लामा, पुर्व अध्यक्षहरु राम तामाङ, इन्द्र तामाङ, भरत मोक्तान, सुर्य तामाङ र सान्त थोकर लागी परेका छन ।
तामाङ समुदायको एक मात्र साझा सस्थाको रुपमा तामाङ सोसाइटी अफ अमेरिका सन २००२ मा स्थापना भएको थियो । ६ जना पूर्व अध्यक्षद्वारा जारी विज्ञप्तीमा भनिएको छ,’ सन् २००२ देखि तामाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्परालाई संरक्षण र सम्बर्धन गर्दै आईरहेको तामाङ सोसाइटी अफ अमेरिकाले समग्र समुदायको हित र अधिकार प्राप्तिका निमित्त समेत लागि परिरहेको इतिहास हाम्रो सामु छर्लग छ ।
तामाङ सोसाइटी अफ नर्थ अमेरिका संघिय प्रणालीमा जाने निर्णय पश्चात यस तामाङ सोसाइटी अफ अमेरिका संस्थालाई वृहत रुपमा अगाडि बढाउनका निमित्त न्युयोर्कवासी तामाङ समुदाय संगठित गर्दै एकीकृत ढंगबाट अघि बढ्नु बाहेक अरु बिकल्प नभएको कुरा हामी सबैले महसूस गरेका छौ । तसर्थ न्युयोर्कमा रहेको तामाङ संस्थाहरुलाई गोलबन्द गर्न हामी तामाङ सोसाइटि अफ अमेरिकाका पुर्व अध्यक्षहरूको तर्फबाट सम्पूर्ण न्युयोर्कवासी तामाङ समुदायलाई तामाङ सोसाइटी अफ अमेरिकामा गोलबन्द हुन यसै आब्हान पत्र मार्फत हार्दिक अनुरोध गर्दछौ ।