३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

नेपाली पडकास्टर दीपिकालाई अमेरिकामा ‘लिडरसिप अवार्ड’


२१ कार्तिक २०७६, बिहिबार  

0
Shares

न्युयोर्क । अमेरिकामा रहेकी नेपाली महिला पडकास्टर दीपिका श्रेष्ठले शिक्षा लिडरसिप अवार्ड प्राप्त गरेकी छिन् । न्युयोर्कमा अध्ययनरत दीपिकाले सन् २०१९ को ‘एलसियु फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरसिप’प्राप्त गरेकी हुन् ।

बुधवार ‘द एलसियु फन्ड फर वुमन एजुकेसन’ले उनलाई उक्त अवार्ड प्रदान गरेको हो । उनले आफ्नो पडकास्टमार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुका लागि सहयोग हुने काम गर्दै आएकी थिइन् । विगत एक वर्षदेखि आफ्ना श्रीमान अनुज थापासँग मिलेर न्युयोर्कबाट ‘एट द इन्ड अफ द डे’ नामक साप्ताहिक अंग्रेजी भाषाको पडकास्ट कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् ।

अवार्ड वितरण समारोहमा आफूलाई मनोनित गरेकोमा फन्ड कार्यक्रमलाई धन्यवाद दिँदै दीपिकाले आफ्नो अंग्रेजी भाषा शुरुमा निकै कमजोर रहेको बताइन् । अंग्रेजी भाषा आफ्नो चौथो भाषा भएको उल्लेख गर्दै बोलिरहँदा उनी अंग्रेजीमै फरर मन्तव्य दिइरहेकी थिइन् । उनले अमेरिकामा युवाहरु बिचमा नेटवर्किङमा समेत सुधार गर्नु पर्ने बताइन् । उनले कार्यक्रममा उपस्थित सबैलाई आफ्नो पडकास्टलाई फलो गर्न समेत आग्रह गरेकी थिइन् ।

बिबिसि मिडिया एक्सनमा काम गरेकी उनी २०१४ मा अमेरिका पुगेकी थिइन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ६ : ३६ बजे