११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

पोखरामा नेकपाको सभास्थल नजिकै विस्फोट



काठमाडौं : पोखराको नयाँबजारस्थित प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभा नजिकै विस्फोट भएको छ ।

बुधबार दिउँसो प्रदर्शनीस्थलको पश्चिमतर्फ ठूलो आवाजमा बम विस्फोट भएको हो ।

नेकपा नेता सुवाषचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला सभास्थल नजिकै विष्फोट भएको हो ।

उपनिर्वाचन प्रचारको अन्तिम दिन बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु चुनावी सभा सम्बोधन गर्न गएका थिए ।

बम विस्फोट कसले गराएको भन्ने खुल्न सकेको छैन । अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कास्की २ मा मंसिर १४ गते हुने प्रतिनिधि सभा सदस्यको उपचुनावमा नेकपाले तत्कालीन सांसद रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १ : १६ बजे