१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना, प्रधानसेनापतिसहित ८ को मृत्यु



ताइपेई– ताइवानमा भएको हेलिकप्टर दुर्घटनामा प्रधानसेनापति शेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा सैनिक हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा प्रधानसेनापतिसहित उच्च सैनिक अधिकारीहरु रहेको ताइवानका सञ्चार माध्यमले जनाएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनाको उपचार भइरहेको छ। हेलिकप्टरमा ३ जना चालकदलका सदस्य र प्रधानसेनापति शेनसहित १० जना उच्च सैनिक अधिकृत सवार थिए। प्रधानसेनापति शेन ताइवानका वायुसेना प्रमुख पनि हुन्।

ताइवानमा जनवरी ११ मा राष्ट्रपतिय तथा संसदीय चुनाव हुँदैछ । यो चुनावलाई बेइजिङसँगको सम्बन्धका बारेमा जनमतसंग्रहका रुपमा पनि हेरिएको छ। चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका तर्फबाट निवर्तमान राष्ट्रपति साई इङ वेन र कुमिन्ताङ पार्टीबाट हान कुओ युबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहिबार  १ : १४ बजे