३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

न्युयोर्कमा मनायो पृथ्वी जयन्ती


Ang

२९ पुस २०७६, मंगलबार  

0
Shares


२ सय ९८ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस न्युयोर्कमा विशेष कार्यक्रमको साथ मनायो । प्रवासी नेपाली एकता समाज मूल आयोजक समारोह समिति अमेरिकाको आयोजनामा प्रत्येक वर्षजस्तै यस पटक पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । न्युयोर्कको सत्यनारायण मन्दिरको हलमा आयोजित कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु गरिएको थियो ।

कार्यक्रमको सुरुमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्बिरमा समारोहका प्रमुख अतिथिलगायत उपस्थित महानुभावहरुले माल्यार्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रम सुरु गरेका थिए । त्यस्तै समाजका उपाध्यक्ष राजेन्द्र खड्काले स्वागत भाषण गर्दै पृथ्वी नारायण शाहको योगदानबारे चर्चा गरेका थिए ।


कार्यक्रममा दर्शन ठकुरी समाजका अध्यक्ष मिलन शाही,बरिष्ठ कानुनविद् खगेन्द्र जीसी, कवियत्री गीता खत्री, सूर्य लम्साल, रक्तदाता अर्जुन मैनाली, डा. गोविन्द कोइराला, सन्जय थापा, विश्व शाह, रामहरि अधिकारी, वेगम पण्डित, राधाकृष्ण देउजा, राजेन्द्र शेरचन, आनन्द विष्ट ,लोक तिवारीलगायतका वक्ताहरुले पृथ्वीनारायण शाहको योगदानबारे मन्तव्य व्यक्त गरेका थिए । समाजका अध्यक्ष रुद्र राउतको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले सफल कार्यक्रमका लागि संयोजक तथा अन्य सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका महासचिव नवराज खड्काले गरेका थिए । न्युयोर्कका चर्चित गायक अभय ढुंगेल र राजेन्द्र राईले राष्ट्रिय गीत गाएका थिए ।

 

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : ४२ बजे