११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

सापकोटाविरुद्धको रिटको सुनुवाइ सर्‍यो, अर्को पेसी तोकिने



काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आइतबार सुनुवाइ नहुने भएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा उक्त मुद्दाको पेशी आजका लागि तोकिएकोमा फुयाँलले मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनुवाइ नहुने भएको हो।

सर्वोच्चको न्यायाधीश हुनुअघि फुयाँलले कानुन व्यवसायीको हैसियतले सापकोटाविरुद्धको मुद्दामा बहस गरेका कारण उनले उक्त मुद्दा हेर्न नमिल्ने भएको हो।

अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख बनाउन रोक्न माग गर्दै रिट दायर गरेका थिए।

आज नै सापकोटा प्रतिनिधिसभाको सभामुख घोषित हुँदैछन्। सभामुखका लागि उनको मात्रै उम्मेदवारी दर्ता भएको छ।

 

याे पनि पढ्नुहोस्

http://www.everesttimesnews.com/agni-sapkota/#sthash.0LfweT5H.dpbs

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १ : १५ बजे