२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

भ्यालेन्टाइनका दिन एटलान्टामा नेपाल भ्रमण वर्ष कार्यक्रम



एटलान्टा । एटलान्टा इभेन्ट एण्ड प्लानरले फेबु्रुअरी १४ अर्थात् प्रणय दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

‘मनोरम प्रणय दिवस २०२०’ एटलान्टा जर्जियास्थित आशियाना रेस्टुरामा भव्य रुपमा मनाइएको हो । कार्यक्रममा मुख्य आकर्षणको रुपमा बलिउडका प्रख्यात नायिका रेखा राणाको उपस्थिति थियो । प्रमुख अतिथिसँगको साक्षात्कारसहित नेपाली सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा रौनकता थपेको थियो ।


उक्त विशेष अवसरमा नेपालको तर्फबाट पर्यटनदूत राजा घलेले नेपाल भ्रमण वर्ष–२०२० का बारे प्रकाश पार्दै उपस्थित सबैलाई नेपाल घुम्न जानका लागि आग्रह गरे । घलेले नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधता, रहनसहन आदिको महत्व दर्शाउँदै ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको तुल प्रदर्शन गरेका थिए ।

तुल प्रदर्शन गर्न भैरव गुरुङ र सञ्जय शाहले विशेष सहयोग गरेका थिए । तुलमा विश्वको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट(सगरमाथा र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी अंकित रहेको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले आ–आफ्नो स्थानबाट उभिएर तालीले स्वागत गरेका थिए । प्रमुख अतिथि राणाले आफ्नो छोटो मन्तव्यका क्रममा नेपालको प्रशंसा गर्नुका साथै व्यक्तिगत रुपमा आफंैले पनि नेपाल भ्रमण वर्षकाबारे प्रचारप्रसार गर्ने प्रतिबद्धता समेत जाहेर गरिन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ८ : ३५ बजे