१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

सञ्‍चारमन्त्री बास्कोटाको अडियो प्रकरणबारे ओली र दाहालबीच छलफल



काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ। दुई अध्यक्षबीच सञ्‍चारमन्त्री गोकुलप्रसाद बास्कोटाको विवादास्पद अडिओ बाहिरिए पछि बिहीबार बिहान छलफल भइरहेको जनाइएको छ।

भ्रष्टाचारको कुरा आएकाले राजीनामा माग्नुपर्ने नेताहरुबीच छलफल भइरहेको छ। संचारमन्त्रीले अडियो प्रकरणबारे आज पत्रकार सम्मेलनमा जानकारी दिनेछन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको छ।

उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कियो भने कति हुन्छ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाइलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’

यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे,’ त्यो भनेको कति हुन्छ? मिश्रले भने ‘५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्याक गइयो भने।’

बास्कोटाले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा नेकपाभित्र पनि छलफल सुरु भएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १२ : १५ बजे