न्युयोर्क । पोर्चुगलमा क्रियाशील पत्रकार सबिन (प्रबिन) धितालमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ युरोप शाखाले भर्त्सना गरेको छ ।
एनआरएनए पोर्चुगलका सदस्यसमेत रहेका धितालमाथि एनआरएनएकै कार्यवाहक अध्यक्ष रहेका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले गत आइतबार आक्रमण गरी घाइते बनाएका थिए । महासंघका युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा जारी विज्ञप्तिमा एनआरएनए पोर्चुगलभित्र देखिएका विकृतिबिरुद्ध विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषणमा सञ्चारकर्मी भएकै आधारमा आशंका गरेर भौतिक आक्रमण गर्नु उचित नभएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा संस्थाको नेतृत्व तहमा रहेका व्यक्तिबाट नै यो प्रकारका कायरतापूर्ण व्यवहार संस्थाको लागि शुभ संकेत नभएको र यस्ता गतिविधिमा संलग्नलाई बर्खास्त गरी कारबाही गर्न माग गरिएको छ ।