विराटनगर — प्रदेश १ का मुख्य नाकामा जोखिम बढेको भन्दै प्रदेश सरकारले नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।
मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले सिमानामा आवतजावत हुने सानाठूला सबै नाका बन्द गर्न आग्रह गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।
भारतसँग ६० किलोमिटर सिमाना जोडिएको मोरङमा जोगबनी मूल नाकासहित ९ छोटी भन्सार र अन्य १४ वटा गल्ली नाकाबाट आउजाउ हुने गरेको छ ।