३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

कोरोना जितेकी नर्स निमा फोनबाट विरामीलाई उपचार तरिका सिकाउँदै


Ang

२१ चैत्र २०७६, शुक्रबार  

4
Shares

न्युयाेर्क । कोरोनालाइ जितेकी नर्स निमा शेर्पा यतिखेर कोरोना संक्रमितलाई फोनबाट सल्लाह सुझाव दिन व्यस्त छिन । उनी र उनका परिवार अस्पताल नगइकनै कोरोनालाइ जितेका छन् ।

उनलाई अहिले दिनमा ५ देखि ६ जनासम्मले फोनबाट कोरोनाबाट बच्ने उपायको बारेमा जानकारी लिइरहेको बताएकी छन् ।  ‘कोरोना लागेर सञ्चो भएदेखि सम्पर्क गर्नेहरुलाई आफुले कोरोना जितेको अनुवभसंगै रोकथामको उपाय बारेमा सरसल्लाह दिनमै व्यस्त भइरहेकी छु’ उनले भनिन्, ‘अहिले काममा जान नपाए पनि अरुलाई फोनबाट भए पनि सरसल्लाह दिन पाउँदा आनन्दित महसुस गरिरहेकी छु।’  निमा न्युयोर्कको म्यानह्टनथित माउन्ट सेनाई अस्पतालमा फ्रन्ट लाइनमा काम गर्ने नर्स हुन ।

अस्पतालमा काम गर्ने सिलसिलामा उनलाई कोरोना भाइरस लागेकाे थियाे । सुरुमा ज्वरो आउने र जीउ दुख्ने समस्याले सताउन थालेपछि उनी मार्च १२ तारिखदेखि काममा जान छाडेका थिइन् । निमालाई लागेको ३ दिनपछि उनका श्रीमान् र छोराहरु संक्रमण भएकाे थियाे । सिंगो परिवारनै कोरोना लागेपछि उनले अस्पतालको समस्या बुझेर घरमै बसेर विहानदेखि वेलुकीसम्म खानेकुरा मिलाएर आफु पनि खाने र परिवारलाई खुवाएर कोरोना जितेकी अनुभव बताउछिन् ।

‘कोरोना लागे पनि मनोबल कमजोर बनाएर जिउ छाडेर पल्टिएको भए हामीले कोरोनालाई जित्न सक्दैन्थ्यो तर हामीलाई निरन्तर लडाई गरि कोरोनालाई जित्यौ’ निमाले भनिन्, ‘यतिबेला अस्पतालमा कतिको विजोग छ भन्ने मेरो आखाले देखेर नै हामी अस्पताल नगइ घरमै नियमित रुपमा तातो सुप र भिटामिनसि, डि र जिन्क मिलाएर खाएर हामीले कोरोना जितेका हौ ।’

आफुलाइ ज्वरोले च्यापे पनि औषधि खाएर श्रीमान र छोरालाई बचाउन हरपल लागि परेको उनी बताउछिन् । आफु जतिनै विसन्चो भए पनि घरमा आफै डक्टर, नर्स, सेफ र खाना खुवाउने काममा उनी जुटेकी थिइन् ।

‘निरन्तर ११ दिन केही पनि नसोचेर घरेलु खाना पकाउँदै खाँदै र खुवाउँदै कोरोनाबाट बाँचेको हामी उदाहरण बन्न सक्यौ,’ उनले भनिन्, ‘ हामीले त्यतिखेर घरमा मिक्स अफ भिटामिन सी र भिटामिन वि कम्प्लाक्स र जिंक बनाए खायौ । त्यस्तै विहान खाजामा उसिनेको अण्डा, खानामा तरकारीहरुसँगै खाना, वेलुकी चिकेन वा खसीको खुट्टाको सुपमा वेसार, लसुन, दालचिनि, टिमुर लगायतको मसलाहरु राखेर करिब दुई घण्टा उमालेर खायौ । त्यस्तै दिनमा १ देखि २ गिलास तातो पानीमा कागती, अदुवा र मह हालेर खाएर पनि शरिरलाई निकै स्वस्थ बनायो’ ।’ उच्च मनोबलका साथ घरमै तातो खानेकुरा खाएर नियमित व्यायम गरि सकारात्मक सोच लिए कोरोनासँग सजिलै जितिने  उनले बताइन् ।

आफुले कोरोनाको पीडा भोग्नु परेको सम्झदै निमाले यो सल्लाह दिएकी छन् । यतिखेर कसैलाई रुघा खोकी लागेको वितिकै कोरोना लाग्यो कि भनेर अतिएर अस्पताल गइहाल्नु हुँदैन । अहिले सबै अस्पतालहरुमा संक्रमित मान्छेहरुको भिडभाड भएकोले त्यहा गएमा स्वस्थ मान्छे पनि अस्वस्थ भएर कोरोना संक्रमित भएर फर्कनु पर्ने हुन्छ । अहिले सकेसम्म घरमै बस्नु पर्छ । कसैलाई लाग्यो भने पनि बताउनु पर्छ । कोरोना लागेको व्यक्ति मक्स लगाएर अलगै बस्नु पर्छ । घरमा पनि तातो सुपहरु, भिटामिन सीहरु खाएर कोरोनासग जित्छु भनेर आत्माविश्वास बलियो बनाउनु पर्छ ।

घरमै बस्दा पनि स्वासप्रस्वासमा एकदम गारो भयो भने मात्र अस्पताल जानु पर्छ । श्वासप्रस्वासमा गारो हुनु भनेको एक दुई पाइला चलेको वितिकै हिड्न नसक्नु, बोल्दा एउटा वाक्य पुरा गर्न सकेन भने मात्र सास फेर्न गारो भएको भनेर अस्पताल जानु पर्छ । अस्पताल जानु अघि पनि एम्बुलेन्स आउनु अघि आफुले भोग्नु परेको समास्याहरुको बारेमा सवै जानकारी दिनु पर्छ । अस्पताल पुगेपछि पनि आफुलाई कहिल्यै कमजोर सोच्नु हुदैन । उपचार गरेर धेरैजसो निको भएर फर्केको सम्झनु पर्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ४ : १० बजे