- इन्दिरा चोङबाङ
साथीबिनाको जीवन कसैको छ भने त्यो सायद अपवाद बन्छ । किनकि साथी छ र त जीवन सुन्दर छ । रमाइलो छ, सजिलो छ अनि सहज छ । मानवजातिलाई सामाजिक प्राणि भन्नुको तात्पर्य पनि यसैले हो किनकि उ एक्लै बाच्न सक्दैन । उसलाई कसै न कसैको साथको आवश्यक पर्छ । पारिवारिक अनि सामूहिक जीवन चाहिन्छ ।
साथी भन्ने शब्द मानव जीवनमा अत्यन्त पि्रय छ किनकि एक्लो, कसैको साथबिनाको जीवन खोक्रो अनि निराश हु्न्छ । हरेकको जीवनमा साथीको बिषेश स्थान रहन्छ अनि साथको बिभिन्न भूमिका पनि । प्रत्येक साथीको साथले जीवनमा केही न केही फरक पारेको हुन्छ । अत्यन्त घनिष्ट या कुहिल्यै नछुट्ने साथीको साथ या त हाई हेल्लो गर्दै बाइ भन्ने साथीको साथ सबैले आआफनो स्थानमा महत्व राखेको हुन्छ ।
जीवनमा साथी बचपनमा भाडाकुटी खेल्दादेखि लिएर स्कुल, कलेज, युनिभर्सिटि जादाको समयदेखि लिएर सागैकाम गर्दाको या ता कहि कतै लामो यात्रा गर्दाको समयमा भेटेका कैयन हुन्छन् । तर आ आफनो बिचार र स्वभाब मेल खाने साथीहरू जीवनमा खास साथी बन्छन् । त्यसैले साथीहरू पनि बिभिन्न प्रकारका हुन्छन् । कोहीसाथी एकदमै नजिक अर्थात घनिष्ट सम्बन्धमा परिणत हुन्छन् , कोही भने हाइहेल्लोमै सिमित रहन्छन् । कोही साथी बिचार र भावना अलग भएपनि परिस्थितिका कारण साथमै रहन्छन् । जस्तै एउटै कम्पनिमा काम गर्ने बिबिध सोचाई भएकाहरू बाध्यताका कारण पनि साथ साथमा रहन्छन् ।
हरेक ब्यक्ति आफैमा फरक हुन्छन् । किनकि प्रत्येक ब्यक्तिको जन्मने, हुर्कने र शिक्षा लिने प्रकृयाहरू अलग अलग हुन्छन् । तिनै बिभिन्न तत्वहरूले मानवजीवनको आचरण र ब्यबहार फरक बनाईरहेका हु्न्छन् । त्यसैको परिणाम हरेक साथीको सोच र ब्यबहारपनि अलग अलग हुन्छन् । कुनै साथी फराकिलो सोचाई भएको, मायालु, दयालु अनि सहयोगि भावनाले ओतप्रोत हुन्छन् भने कोही साथी भावुक, कम बोल्ने अनि आफनो मनको कुरो अरूसंग सेयर नगर्ने प्रकारका पनि हुन्छन् । कुनैकुनै त आफुलाई घमण्डी र स्वार्थी लाग्ने पनि हुन्छन् त कोही छोटो समयपछि मित्रता बिर्सिएर टाढिने पनि ।
बिभिन्न समयमा भेट भएका हरेक प्रकारका साथीहरूले प्रत्येकको जीवनमा केही न कही सम्झना या त शिक्षा दिइरहेको हुन्छ । सहयोगि र राम्रो मन भएका साथीहरूले हृदयमा सधै अपार छाप छाड्छन् जति टाढा भएपनि । दुःख सुखमा साथदिने र सहयोग गर्ने सच्चा साथीहरूको भूमिका सधै उच्च स्थानमा रहन्छ । दुःखमा साथदिने साथीहरू नै जीवनको बास्तबिक साथी हुन्छन ।
परिस्थितिले जति टाढा बनाएपनि । उनीहरूको माया, प्रेम र सौहार्दताको छाप जहिल्यै साथमा रहन्छन् भौतिक परिबेश अलग भए पनि । स्वार्थी र आफनै बारेमा मात्र सोच्ने साथीहरूले पनि केही न केही शिक्षा दिएरै जान्छन् जुन जीवनको हरेक मोडहरूमा उपयोगि बन्न सक्छ । त्यसैले भनाई नै छ नि साचो साथीले दुःखमा साथ दिन्छ भने झूटो साथीको साथले जीवनमा नया शिक्षा दिएर जान्छ ।
सबै साथी राम्रा हन्नन् तर सबै साथी महत्वपूर्ण हन्छन् । सहि साथिको साथले जीवनमा साधै हौसला, उत्प्रेरणा, साथ र आत्मीयता मिल्छ, जीवनलाई शुन्दर र सहज बनाउन उर्जा मिल्छ भने गलत साथिको साथले समय अनि मान्छेलाई कसरी चिन्ने भन्ने एउटा पाठ सिकाउछ । त्यसैले साथी जो हुन् मिलनसार या घमण्डी, सहयोगी या त निष्ठुरी सबैको आ आफनो ठाउमा उत्तिकै स्थान छ किनकि जोकोही पनि यो संसारमा पूर्ण छैनन् र हरेकले केही न केही सिकाइरहेका हुन्छन् ।
असल मान्छे केवल असल साथीमात्र होइनन् ऊ समाज र समग्र मानवजातिका लागि नै असल हुन्छन् । खराब मान्छेले कसैको मन गलत तरिकाले जितेपनि एकदिन उसको असलि चरित्र पर्दाफास भएरै छाड्छ । त्यसैले साथी असल होउन् या त खराब यदि आफुले सच्चा व्यबहार र बिश्वास राख्यो भने सबै साथी जीवनको अमुल्य गहना हुन् ।
सफल ब्यक्तिहरूको जीवन अध्ययनबाट पनि थाहा हुन्छ उनीहरूको जीवनमा कनै न कुनै असल साथीको साथले अपुरणीय भूमिका खेलेका छन् । त्यसैले चाहे अहिलेका लागि हुन् या त भोलिका लागि साथि अनि साथ साधै जीवनका उर्जा हुन शक्ति हुन् र प्रेरणाका स्रोत हुन् । जीवनलाई नया मार्गदर्शन दिने या त हराभरा बनाउने पनि तिनै सुन्दर साथी र तिनैको साथ हुन् । जय साथी ।