न्युयोर्कमा अस्पताल भर्ना र मृत्यु हुनेको संख्या घट्दै

२०७७ बैशाख १९, शुक्रबार २३:४४

न्युयाेर्क । कोरोनाको इपिसेन्टर न्युयोर्कमा विगतको तुलनामा संक्रमणको संख्या र अस्पतालमा मृत्यु हुनेको संख्या कम हुँदै गएको न्युयोर्क सिटिका गर्भनर एन्ड्रीयो कुमोले बताएका छन् ।

विगतमा १ लाखसम्म अस्पतालमा भर्ना र दैनिक ९ सय भन्द बढीको मृत्यु हुँदै आइरहेको तथ्यांकमा अहिले घट्दै गइरहेको उनले बताए ।

‘विगतको तुलनामा अहिले अस्पताल भर्नाको संख्या र मृत्यु हुनेको संख्या घटदै गइरहेको सुखद समाचार हो,’  गर्भनर कुमोले भने, ‘यो सुखद समाचार आउनुमा समुदाय र सामाजिक चेतना बढ्दै जानु हो ।’

उनका अनुसार विगतको तुलनामा कम भए पनि अझै १ हजार जना नयाँ विरामीको रुपमा अस्पताल भर्ना हुँदै आएको र अप्रिलको ३० तारिखमा २ सय ८९ जनाकाे मृत्यु भएकोले यो अझै पनि चिन्ताकै विषय हो । यस अघि दिनमा ९ सयजना भन्द बढीको मृत्यु भएको थियो ।

 

‘अझै स्थिति पुरै राम्रो भएको छैन स्थिति राम्रो नभएसम्म सवै घरमै बस्नु पर्छ,’ कुमोले भने, ‘जबसम्म बैज्ञानिक रुपमा राम्रो हुदैन र विज्ञहरुले ठिक भयो भन्दैन तबसम्म लकडाउन खुल्न गारो छ ।’  न्युयोर्कमा आजको मितिसम्म अस्पतालमा भर्ना हुने नयाँ विरामीहरुमा म्यानहृटनबाट १६७ जना, किंगस काउन्टीबाट १६६ जना, ब्रान्सबाट १२२ जना रहेको गर्भनर कुमोले जनाएका छन् ।

सम्बन्धित समाचार