३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय



काठमाडाैं । सरकारले  वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएकाे हाे ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन्। सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्छ। बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : ४६ बजे