न्युयाेर्क । नेपाल सरकारले यसै शैक्षिक सत्रदेखि संस्कृत विषयलाई कक्षा १ मा पठनपाठन थाल्ने र आवश्यक परे सबै तहका कक्षामा पठनपाठन सञ्चालन गर्ने निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ( फिप्ना )ले विरोध गरेको छ ।
सरकारले एकल जातीय ( नश्लीय )मृत प्राय संस्कृत भाषालाई सबैभाषी विद्यार्थीहरूमाथि जबर्जस्ती लादने र भाषिक पक्षपोषण गर्ने गराउने कदमप्रति ( फिप्ना )ले घोर निन्दा एवं भत्र्सना गरेको जनाएको छ ।
नेपालको संविधान २०७२, आदिवासीको अधिकारसम्बन्धी अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र-२००७, शिक्षा ऐन २०२८ संशोधन २०७५) को स्पिरिटबमोजिम नेपालमा बोलिने सबै रैथाने मातृभाषाहरूको पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्न गराउन र पठनपाठनको व्यवस्था गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सरकारलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) ले जोडदार माग गदै आएको जनाएको छ ।
फिप्नाले जारी गरेको विज्ञप्ती ः