६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

जिपिके फाउण्डेशन अमेरिकाद्धारा १६ सय बक्स खाधान्न निशुल्क वितरण


Ang

१ आश्विन २०७७, बिहिबार  

0
Shares


नेपाली समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुच दिलाउने उद्धेश्य अनुरुप गिरिजा प्रसाद कोइराला ( जिपिके)फाउण्डेसनले स्टालवार्ट्स युथको अध्यक्ष डिम्पल वईलाबसको सहयोगमा १६ सय बक्स ताजा खाद्यान्न निशुल्क वितरण गरेको छ ।
फाउण्डेसनले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायमा नियमित रुपमा निशुल्क खाद्यान्न वितरण गर्दै आएको यो बाह्रौ पटक हो । स्टालवार्टसको सहयोगमा प्राप्त १६ बक्स खाद्यान्नमा मध्ये १४०० बक्स विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई मगलबार विहान बु्रकलिनको वेयरहाउसमा पुगेर आफैले लिएर घरघरमा वितरण गरेका थिए । त्यस्तै बाकी २ सय बक्स फाउण्डेसनले साझ ज्याक्नसहाइटस्थित आफनै कार्यालय सामुन्ने वितरण गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए ।


‘ सेवा नै धर्म’ हो भन्ने नारा का साथ फाउण्डेशनले न्युयोर्कको बु्रकलिन र क्वीन्समा रहेका संघसंस्थाहरु क्रमशः वेस्ट मेनेजमेन्ट बु्रकलिन डेरिल परसाद मार्फत ३०० बक्स, तिब्बतीयन कम्युनिटिका तेन्जिन टिस्याङ मार्फत १०० बक्स, गयानिज अमेरिकन समाजलाई ३०० बक्स र ल्याटिनो अमेरिकन समाजका वान गोन्जालेज मार्फत १०० बक्स वितरण गरेका थिए । त्यस्तै नेपाली समुदायका लङ आईलेण्ड नेपाली समाजका सदस्य विश्व बाास्तोला र नरेन्द्र सुवेदि मार्फत ३० बक्स, युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका अध्यक्ष उर्गेन शेर्पा मार्फत ५० बक्स, जन सम्पर्क समितिका युवा नेता अनिल पाण्डे मार्फत १६० बक्स, जन सम्पर्क समितिका सचिव भोज राज ठोक्कर मार्फत २०, विनोद सुवेदि मार्फत २०बक्स,पल्जु शेर्पा मार्फत २० बक्स, गोर्खा समाज अमेरिकाका सदस्य प्रदीप लामिछाने र जेपि गुरुङ मार्फत ४० बक्स, लाइन्स क्लव क्वीन्स बुद्वका उपाअध्यक्ष बुद्व पौडेल मार्फत २० बक्स, स्याङजा समाज अमेरिकाका मधुर गिरि मार्फत २० बक्स, नेपाली अमेरिकन कलाकार संघका पुष्कर बराल मार्फत२० बक्स, एन.आर.एन अमेरिकाका सल्लाहकार श्याम काजि गुरुङ र ने.का. युवा नेता अन्जन चौंलागाई मार्फत २० बक्स, रिजउड समाज अमेरिकाका राज कुमारभण्डारि मार्फत ५५ बक्स, चेत प्रसाद अमगाई मार्फत २० बक्स, एभरेस्ट टाईम्सका प्रधान सम्पादक आङ छिरिङ शेर्पा मार्फत २० बक्स, निमा शेर्पा मार्फत२० बक्स, तिर्थ खडका मार्फत २० बक्स, लोक गायक बिमल डागी मार्फत २० बक्स वितरण गरेका थिए ।

त्यस्तै ढुवानी गर्ने ट्रक ड्राईभरलाई ५ बक्स र तिब्बेतन कम्युनिटिका ट्रक ड्राईभरलाई ५ बक्स प्रधान गरिएको थियो भने बाकी फाउण्डेशनका केन्द्रीय सदस्य सुर्य सिम्खडाले वितरण गरेको अध्यक्ष घिमिरेले बताए । फाउन्डेसनले वितरण गदै आएको शुद्व तरकारी वितरण कार्यमा उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सिम्खडा खटिएका थिए भने स्वयंसेवीहरु क्रमशः पंकज सुब्बा, प्रेमलाल बुढा मगर, नारायण भट्टराई, कुमार खडका, प्रधुम्न रायमाझि, राजु घर्ती, लक्ष्मण पुन, नारायण भट्टराई, कुमार खडका, राम अधिकारी, यसै फाउण्डेशनकी महिला सदस्य रेखा श्रेष्ठ, ईन्डीयन अमेरिकन कम्युनिटीका सन्तलालसिंह लगायत खटिएका थिए । फाउन्डेसनले नेपाली समुदायको लागी यो परिमाणको खाद्या सामाग्री सहयोग गरेकोमा द स्टलवार्ट्स युथकी अध्यक्ष डिम्पल विलाबसलाई विशेष धन्यवाद दिएको छ । फाउण्डेसनले बुधाबार वेलुकी क्विन्सबोरो पि्रसेडेन्टको कार्यालयबाट प्राप्त १ सय बक्स खाद्यान्न ज्याक्सनहाइटमा वितरण गरेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ७ : ०६ बजे