क्रिष्ट मेडिकल कलेजकी सहप्रध्यापक डा. आङ छिरिङ शेर्पा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन सस्थानको कम्युनिटि मेडिसिनको प्रध्यापक भएकी छन । त्रिभुवन विश्वविद्यालयको चिकित्सा क्षेत्रमा प्रध्यापक हुनेमा उनी सोलुखुम्बु जिल्लाबाट पहिलो महिला हुन । डा शेर्पा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका गार्मा गाविसास्थित आङ बाबु लामा र स्व आङ बाम्बुले शेर्पाको साइली छोरि हुन । काठमाडौको सिद्धार्थ बनास्थलिबाट एसएलसि र आइएससि सकेपछि सन १९९६ मा फिलिपिन्सबाट एमडि र नवैजियन सरकारको छात्राबृतिमा नर्वेबाट चिकित्सा विषयमा एमफिल गरेकी थिए । विदेशको उच्च अध्ययन पुरा गरेर नेपाल फर्के वितिकै उनले सन २००८ देखि क्रिस मेडिकल कलेजमा लेक्चररको रुपमा काम गदै आएकी थिए ।
शुरुमा लेक्चररबाट अध्यपन गदै आएकी उनी सहप्रध्यापक हुदै हालै प्रध्यापक तहमा पदोन्नती भएकी हुन । ‘ आफुले अध्ययन गरेर पाएको ज्ञान र सेवा अरुलाई दिदै आउनु पाउदा खुसी लागीरहेकी छु’ डा शेर्पाले भने ‘ यही अध्ययपन कार्यलाई निरन्तरता दिदै भविष्यमा गृहजिल्ला सोलुखुम्बुमा केही सामाजिक सेवामुलक कार्य गर्ने योजना बनाइरहेकी छु’ । विगत ५ बर्षदेखिन हरेक वर्ष सोलुखुम्बुको दुधकुण्ड नगरपालिका थोप्तेनछोलिङ गुम्बाको भिक्षु भिक्षुणीलाई निशुल्क स्वस्थ्य उपाचार गदै आएकी डा शेर्पाले सोलुखुम्बुकै दलित परिवारका ४ जना बालबालिकाहरुलाई उच्च अध्ययनको लागी सहयोग गदै आइरहेका छन ।
उनी आफनो जिल्ला सोलुखुम्बुमा क्यन्सर रोगीहरुलाई सहयोग र सेवा दिने उद्धेस्ष्यले प्याएलेटिभ केयर हस्पिस सेन्टर बनाउनका लागी यतिखेर सोलुखुम्बुमा अध्ययन गर्न पुगेकी छन । ‘ आमाको मृत्युपछि आफनै आखा सामु धेरै रोगीहरुले निकै दुखले जीवन गुमाउनु परेको पिढा देखेरनै हसपिस केन्द्र खोल्ने योजना बनाएकी हु ’ डा आङछिरिङले धेरैको स्वस्थ्य उपाचारमा लागेर जीवन बचाउनमा मद्धत गर्नुका साथै अहिलेसम्म १२ सय जना भन्द बढि डक्टर बन्न चाहने विद्यँर्थीलाई पढाएका छन । ‘ मैले पाएको यो उपलब्धिमा उच्च अध्ययनदेखि चिकित्सा अध्यययनमा मेरो दाई छेवाङ शेर्पा लामाको ठुलो सहयोगी भुमिका रहेको छ जुन कहिल्यै विर्सन सक्दीन ’ डा शेर्पाले बताए । गृहजिल्लामा बनाउन लागेको हसपिस केन्द्रलाई पनि दाई छेवाङले प्रोत्साहन र जग्गा सहयोग गर्न लागेको बताए ।