१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

ट्रम्प र वाइडेन मध्ये कस्ले जित्ला?



न्युयोर्क । अमेरिकाका मतदाताहरूले डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कस्लाई ह्वाइट हाउसमा पुर्‍याउने भन्ने बारेमा नोभेम्बर ३ मा निर्णय गर्दैछन् ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पलाई अझ ४ वर्षका लागि अमेरिकी शासन सत्ता सुम्पने की डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बिडेलाई ह्वाइट हाउस पुर्‍याउने भन्ने बारेमा मुलुक भर अहिले गरमागरम बहस भइरहेको छ ।

बराक ओबामाका उप-राष्ट्रपतिका रूपमा परिचित वाइडेन सन् 1970 को दशकदेखि नै नै अमेरिकी राजनीतिमा छन् । ट्रम्प भने २०१६ को चुनाव जितेर ह्वाइ हाउस पसेका हुन् । त्यस अघि उनी राजनीतिमा देखिएका थिएनन् ।

चुनावको दिन नजिकिंदै जाँदा विभिन्न खालका सर्वेक्षणहरु पनि बाहिर आएका छन् । उनीहरुले कुन मतदातालाई मन पराउँछन् भनेर मतदातालाई सोधेर देशको मुडलाई नाप्ने प्रयासहरु गरिरहेका छन्।
अधिकांश सर्वेक्षणले भने राष्ट्रपति ट्रम्प भन्दा उनका प्रतिद्वन्द्वी वाइडेनलाई अगाडी देखाएको छ । यद्यपी कस्ले चुनाव जित्छ भनेर चाही कसैले पनि ठोकुवा गर्न सक्दैन् । यो त जनताको भोटको कुरा हो ।

वाइडेन सुरुदेखि नै सर्वेक्षणमा अगाडि देखिएका थिए भने अहिले धेरै जसो सर्वेक्षणमा उनी दोहोरो अंकले अगाडि छन् । यद्यपी अमेरिकी राष्ट्रपतिको चुनाव इलेक्ट्रोलर कलेजले गर्ने हुँदा पपुलर भोट धेरै पाउँदैमा जितिन्छ भन्ने ग्यारेन्टी भने हुँदेन । सन् २०१६ मा पनि ट्रम्पले भन्दा उनका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले धेरै मत पाएका थिए । तर इलेक्ट्रोलर कलेजमा ट्रम्पको बहुमत भयो र उनी राष्ट्रपति चुनिए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ५ : ४९ बजे