६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

पहिलो दिममै बाइडेनले उल्ट्याए ट्रम्पका निर्णयहरु



न्ययोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद बहाल गरेको २४ घण्टा नबित्दै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका अधिकांश निर्णय उल्ट्याएका छन्।

कार्यभार सम्हाल्लेकै दिन बुधबार उनले १७ वटा एक्जुकेटिभ अर्डरमा हस्ताक्षर गरेर टिरम्पका अधिकांश नीतिगत निर्णयहरु उल्ट्याएका हुन् ।

बाइडेनले पेरिस क्लाइमेट सम्झौताबाट अमेरिका फेरी प्रबेश गर्ने निर्णय गरेका ऱ्छन् । विश्वव्यापी जलवायू परिवर्तनका विषयमा काम गर्ने उक्त सम्झौताबाट ट्रम्पले अमेरिकालाई अलग गराएको थियो।

बाइडेनले केही मुस्लिम देशका आप्रवासीमाथि ट्रम्पले लगाएको प्रतिबन्ध पनि खारेज गरिदएका छन्। उनले ती मुलुकहरूमा रहेका अमेरिकी दूतावासका अधिकारीलाई अप्ठेरोमा परेका र सहयोगको खाँचो भएका मानिसहरूको भिसा प्रक्रिया अघि बढाउन भनेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने ट्रम्पको घोषणालाई पनि बाइडेनले उल्ट्याएका छन्।  बाइडेन डाक्टर एन्थोनी फाउचीलाई डब्लुएचओको एउटा सम्मेलनमा पठाउने निर्णय गरेका छन्।

राष्ट्रपति बाइडेनले अमेरिका र मेक्सिकोको सीमामा ट्रम्पले लगाउन थालेको पर्खालको काम पनि रोकिदिएका छन्। उनले पर्खाल बनाउन गइरहेको पैसा रोकेर त्यसको समीक्षा गर्ने बताएका छन्। ट्रम्पले ल्याटिन अमेरिका हुँदै आउने आप्रवासी रोक्न मेक्सिकोको सीमामा पर्खाल लगाउने चुनावी नारा दिएका थिए। राष्ट्रपति बनेपछि उनले  पर्खालका लागि अर्बौं डलर जुटाउन राष्ट्रिय आपतकाल घोषणा गरेका थिए।
जनगणनामा नागरिकता नभएका मानिसलाई सहभागी नगराउने ट्रम्प प्रशासनको योजना पनि बाइडेनले उल्टाएका छन्। अवैधानिक आप्रवासीलाई खोजी खोजी देश निकाला गर्ने ट्रम्पको निर्णय पनि उनले खारेज गरिदिएका छन्।
बाइडेनले देशभरि मास्क अनिवार्य रूपले लगाउनु पर्ने अर्डरमा पनि हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ८ : २५ बजे