११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

लवक नेपाली समाजले गरियो रक्तदान र सहयोग


Ang

२२ माघ २०७७, बिहिबार  

0
Shares

टेक्सासको लवकमा बसोबास गदै आइरहेका नेपालीहरूको साझा संस्था लवक नेपाली समाजले ७ औ बाषिर्कोत्सवको अवसरमा सांढे ५ हजार डलर सहयोग गर्नुको साथै रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । समाजले ‘कसैले पनि भोको बस्न र भोकै मर्न नपरोस’ भन्ने संचारकर्मी सच्ची मैनालीको अभियानलाई ४५ सय डलर र महावीर पुनद्वारा स्थापित राष्ट्रीय आविष्कार केन्द्रलाई १ हजार डलर सहयोग गरेको जनाएको छ । उक्त सहयोग रकम संस्थाले समुदायका विभिन्न व्यक्तिहरूबाट संकलन गरेको हो ।

समाजले बाषिर्कोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको आयोजक सस्थाका अध्यक्ष डा प्रकाश श्रेष्ठले जानकारी दिएको छ । यस अघि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको लवक नेपाली समाजले नेपालको सुर्खेतमा विद्यालय निर्माणदेखी लमजुडमा खानेपानी सेवाका लागी भौतिक पूर्वाधारमा सहयोग गर्नुका साथै एनआरएन अमेरिका मार्फत नेपालमा वाढीपहिरोपीडितका लागी समेत सहयोग गरिसकेको जनाएको छ । त्यस्तै गरि संस्थाले कोभिढ महामारिको बेला मारमा परेका विद्यार्थी र स्थानियलाई समेत खाद्यान्न सहयोग गरेको जनाएको छ । लवकमा करिब २ देखी ३ सयको हाराहारीमा नेपालीहरू बसोबास गरिरहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ५ : ३४ बजे