अमेरिकामा प्रहरीकव गोलीबाट फेरी अश्वेत नागरिकको मृत्यु, तनाव भएपछि कर्फ्यु

२०७७ चैत्र ३१, मंगलवार १७:५९

न्युयोर्क । प्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाको मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा आपतकालिन घोषणा गरेका छन् । रातभरिका लागि कर्फ्यु लगाएका छन् ।

२० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो । त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको बताइएको छ।

प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन् ।

मिनसोटाका प्रहरी प्रमुख टीम गानन‍्ले उक्त घटना “एउटा दुर्घटना” भएको बताएका छन् । उनका अनुसार प्रहरी अधिकारीले गल्तीवस गोली चलाएकी थिइन् । यसअघि गतवर्ष मारिएका अश्वेत जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भइरहेका छन् ।

सोमवार बिहानको एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए । उक्त भिडिओमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिन्छ ।

 

सम्बन्धित समाचार