७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

क्लाइम्बर्स एसोसिएसनद्वारा ‘नेपाल डे’ आयोजनामा संलग्न नभएको स्पष्ट



न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले आयोजना गर्न लागेको नेपाल डे कार्यक्रममा आफ्नो संस्थाकाे संलग्नता नरहेकाे यूएस नेपाल क्लाइम्वर्स एसोसिएसन इन्कले जनाएको छ ।

उसले एक खण्डन विज्ञप्ती जारी गरी विना कुनै जानकारी आफ्ना अध्यक्ष पासाङ निमा शेर्पाको नाम राखेर सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको दिन पारेर नेपाल डे मनाउने भन्दै आर्थिक संकलन सुरु गरेकोमा आपत्तिसमेत जनाएको छ ।

“यस प्रति यूएस नेपाल क्लाइम्वर्स एसोसिएसन इन्कको घोर आपत्ति रहेको र त्यस कथित नेपाल डेमा हाम्रो संस्था संलग्न नरहेको सम्पर्ण संघसंस्था, पत्रकार, बुद्धिजीविहरुमा अनुरोध गर्दछौं”, खण्डन बिज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ६ : ५१ बजे