१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

अमेरिकाले १५ लाख डोज खोप आजै राती नेपाल पठाउँदै



काठमाडौं । संयुक्त राज्य अमेरिकाले शुक्रबार नेपाललाई जोनसन एण्ड जोनसनको कोभिडविरुद्धको खोप पठाउने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले शुक्रबार नेपाललाई १५ लाख र भुटानलाई ५ लाख डोज खोप पठाउन लागेको राष्ट्रपति भवनका अधिकारीहरुलाई उदृत गर्दै जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले यसअघि विश्वका विभिन्न मुलुकहरुलाई करोडौं खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धता अनुसार शुक्रबार नेपाल र भुटानलाई खोप पठाउन लागिएको हो ।

गत हप्ता, फाइजर / बायोटेकले निर्माण गरेको खोपको १० लाख मलेसियालाई र मोडर्नाले बनाएको भ्याक्सिनको ४० लाख डोज इन्डोनेसिया पठाउने योजना सार्वजनिक गरेको थियो ।

अमेरिकाले फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पापुआ न्यूगियनी र कम्बोडियालगायत एसियाका अन्य देशहरूमा पनि खोप दिने योजनाको घोषणा गरिसकेको छ ।

“हामी विश्वव्यापी खोप रणनीतिमा विश्वको नेतृत्व गरिरहेका छौं किनभने यो सही कुरा हो,” राष्ट्रपति कार्यालयका एक अधिकारीले भने भनेका छन्, “यो नैतिक तवरले सही कुरा हो, विश्वव्यापी सार्वजनिक स्वास्थ्य दृष्टिकोणबाट सही कुरा, र हाम्रो सामूहिक सुरक्षा र कल्याणको लागि सही छ ।”

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ४७ बजे