२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

खोप नलगाएकी शिक्षिका बनिन् स्कूलमा फैलिएको कोभिड १९ को स्रोत



अमेरिका । उत्तरी क्यालिफोर्नियाको एक स्कूलबाट फैलिएको डेल्टा भेरिएन्टको कोभिड १९ को संक्रमणले सबैलाई चकित बनायो । मारिन काउन्टि स्कूलबाट फैलिएको उक्त संक्रमणको स्रोत एक जना खोप नलगाएको शिक्षिका रहेको पत्ता लागेको सीडीसीले जनाएको छ ।

हफिङ्टन पोष्टले दिएको समाचार अनुसार उक्त स्कूलबाट १८ जना बिद्यार्थीसहित २६ जनालाई संक्रमण भएको छ । उसले पछिल्लो समय देशभरी स्कूलहरुमा विद्यार्थीमा संक्रमण फैलिएको र उनीहरुबाट परिवारलाई सरिरहेको तथ्यांक अचम्ल लाग्दो रहेको उल्लेख गरेको छ ।

यसै शैक्षिक वर्षको शुरुमा देशभरि कम्तीमा ९० हजार विद्यार्थीलाई कोभिड १९ संक्रमणको जोखिममा पुगेपछि क्वारेन्टाइनमा राखिएका थियो । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार पछिल्लो हप्ताहरुमा पाँच संक्रमिच मध्ये एक जना बालबालिका रहेको उल्लेख गरेको छ ।

सीडीसीले गरेको अनुसन्धान अनुसार मारिन काउन्टी स्कूलमा आठौं कक्षासम्म गरी २०५ विद्यार्थी थिए । उक्त स्कूलले शिक्षक र विद्यार्थीहरुलाई मास्क लगाउन र घर भित्र सामाजिक दूरी कायम गर्न आवश्यक व्यवस्था गरेको थियो । साथै झ्यालहरु पूर्ण रुपमा खोलेको तथा फिल्टरहरु जडान गरेको उल्लेख गरेको छ। तर नाम उल्लेख नगरिएको ती खोप नलगाएका शिक्षिकाले बेला बेलामा ठूलो स्वरमा पाठ पढ्नका लागि मास्क हटाउने गरेको थियो ।

ती शिक्षिकालाई कोभिड १९ संक्रमणको पुष्टी भएर विदा बस्नु अघि प्ररम्भिक लक्षणहरु देखा परेका बेला मे १९ र २० तरिखमा पढाएका थिए । मे २२ देखि विद्यार्थीहरुलाई पनि लक्षणहरु देखिन थालेको सीडीसीको प्रतिवेदनमा छ ।

शिक्षिकाले पढाएका एउटा कक्षाका २४ जना बिद्यार्थीहरु मध्ये पहिलो दुई पंक्तिमा बसेका १२ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै अर्को कक्षाका छ विद्यार्थीहरुको परीक्षणबाट संक्रमण पुष्टि भयो । दुबै कक्षाका विद्यार्थीका अभिभावक र भाइबहिनीहरु पनि संक्रमित भए । सीडीसीले त्यसमध्ये तीन जना बयस्क संक्रमित पूर्ण रुपमा खोल लगाइएको ब्यक्ति रहेको पनि उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ५ : ४७ बजे