२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

नेपाली महाबाणिज्यदुताबासमा मनायो प्रजातन्त्र दिवस


Ang

८ फाल्गुन २०७८, आइतबार  

0
Shares

नेपाली महावाणिज्यदूतावास न्युयोर्कले नेपालको ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस शनिबार विहान विशेष कार्यक्रमको आयोजना गरि मनायो । महाबाणिज्यदुताबासको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमद्वारा नेपालको राष्ट्रिय झन्डा फहराई कार्यक्रमको शुभरम्भ गरेका थिए । उक्त अवसरमा दीप प्रज्वलन र नेपालको राष्ट्रिय गान बजाउनुका साथै शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

उक्त कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत गौतमले राष्ट्रिय प्रजातन्त्र दिवसको महत्वको बारेमा मन्तव्यसंगै दिवशको शुभकामना दिएका थिए । प्रजातन्त्र दिवसको अवसरमा महावाणिज्यदूतावासको कार्य क्षेत्र न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटमा बसोबास गदै आइरहेका लगायत देश विदेशमा रहेका सबै नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा कन्सुलेटको तर्फबाट शुभकामना दिएका थिए । कार्यक्रममा महावाणिज्यदूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो । यस पटकको प्रजातन्त्र दिवस मन्त्रालयको निर्देशन अनुसार अहिलेको परिस्थिति अनुसार आयोजना गरिएको बाणिज्यदुत गणेश अधिकारीले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : ५२ बजे