पछिल्लो समय सेयर बजारको भाउ घटेर हैरान लगानीकर्ताहरुलाई केही राहत मिलेको छ । बिहीबार पनि सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ ।
कुल कारोबार पनि बढेपछि लगानीकर्ताको मनोबल पनि बढेको छ । बिहीबार कुल २ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । पछिल्लो समय करोबार एक अर्बको वरिपरि थियो । बिहीबार नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७ पुगेको छ । सबै सूचकमा हरियाली छाएको छ ।
बैंकिङ २९, विकास बैंक २०२, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, लगानीमा २, जीवन बीमा २९६, उत्पादन २५०, माइक्रोफाइनान्स २०४, निर्जीवन बीमा ३७८, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंक बढे । २ कम्पनीको मूल्य घट्यो भने अरु सबै १९१ कम्पनीको मूल्य बढेको छ ।
झण्डै १ दर्जन कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल फाइनान्स, मैलुङखोला र न्यादी हाइड्रोको मूल्य ठिक १० प्रतिशत बढ्यो । आँधिखोला लघुवित्त, सीवाईसी लघुवित्त र सूर्योदय वमी लघुवित्तको मूल्य ९.९ प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, रिलायन्स फाइनान्स तथा पन्चकन्या माई र नेपाल पुनर्बीमाको मूल्य साढे ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमश: अगाडि रहे ।