८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्याङ्जा समाजले दशै मनाउदै सहयोग हस्तन्तरण


Ang

२२ आश्विन २०७९, शनिबार  

42
Shares

न्युयोर्क । स्याङ्जा समाज अमेरिकाले न्युयोर्कमा विविध मनोरञ्जनात्मक नेपाली कला र संस्कृति झल्किने कार्यक्रमको साथमा भव्य रुपमा दशै कार्यक्रम आयोजना गरियो । दशै कार्यक्रमसंगै समाजले स्याङ्जा जिल्ला पुतली नगरपालिका वडा नं. ११ बस्ने -फापर थुम चरिमाया) बागमती गुरुङको दुवै मिर्गौला फेल भएकाले उपचार गर्नका लागि २ लाख ९८ हजार रुपियाा संकलन गरी नेपाल पठाएको समाजका महासचिव शोभाकान्त पाण्डेले पाण्डेले जानकारी दिएको छ । उनका अनुसार उक्त रकम समाजका संस्थापक अध्यक्ष एवं एनआरएनएका सल्लाहकार तथा समाजसेवी वीरेन्द्र जंग केसीको सक्रियतामा संकलन गरिएको थियो ।

नेपाली कला, संस्कृति बचाउन र नयाा पुस्तालाई हस्तान्तरण गरी आफ्नो देशको कला र संस्कृति बचाइराख्नलाई सिकाउने उद्देश्यले स्थापना गरेको समाजले नेपालीको चाड पर्व सबै नेपाली समुदायहरुलाई निम्त्याई मनाउादै आएको समाजका वरिष्ठ उपाध्यक्ष एनआरएनएका आर्ट एन्ड आर्टिस प्रमोट कमिटीका अध्यक्ष दिन दयाल(दिनेश)भण्डारीले बताए ।
कार्यक्रममा समाजका युवा तथा खेलकुद कोडिनेटर प्रदीप खड्काले समाजले फुटबल तथा भलिबल खेलहरुमा भाग लिएको र विभिन्न कार्यक्रमहरुमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरेको जानकारी दिएका थिए ।

दशै कार्यक्रममा बरिष्ठ नेपाली लोकगायिका विमाकुमारी दुरालगायतका गायकले नेपाली मौलिकता झल्कने गीत गाउनका साथै एनसरि गुरुङ र रुठमान गुरुङको नाचसागै नेपाली पहिरन लगाएका भान्सा घरको परिवारको संयुक्त नृत्यले उपस्थित सबैलाई मोहित पारेका थिए ।
कार्यक्रममा समाजका सस्थापक अध्यक्ष वीरेन्द्र जंग केसीले दशैाको टीका लगाइदिएर शुभकामना आदानप्रदान गरेका थिए भने समाज अमेरिकाका अध्यक्ष विमला हमाल श्रेष्ठले पाहुनाहरुको स्वागत गरेकी थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बंगलादेशी समाजका राजनीतिज्ञ एवं अरु विदेशीहरुको पनि उपस्थिति थियो ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १ : ४५ बजे