६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

अन्तत् केभिन म्याकार्थी अमेरिककी नयाँ सभामुख चयन



अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।
क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका हन् । यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो ।

कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटकसम्म गरिएको परिणामविहीन मतदानपछि यो नतिजा आएको हो । डेमोक्र्याटहरूले भने न्युयोर्कका डेमोक्र्याट कङ्ग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १२ : २१ बजे