हरि बुढामगर सगरमाथा आरोहण यात्रामा छन् । शारीरिक रुपमा अशक्त रहेका उनका दुवै खुट्टा कृतिम हो । उनले कृतिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा नै सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन् ।
सगरमाथा आफ्नो लागि मात्र नभई सारा अशक्त व्यक्तिहरुको आवाजको लागि पनि चढ्न लागेको उनले बताएका छन् । शारिरीक रुपमा कमजोर हुने बित्तिकै कतिपय घरपरिवार र समाजले नै बिचराको पात्र बनाइ राखेको छ जुन गर्न हुन्न । यस्ता खाले मानसिक परिवर्तन गर्न अति आवश्यक रहेको उनी बताउँछन् ।
सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका हरि बुढामगर कृतिम खुट्टाको सहारामा हिडेर सगरमाथा आधार शिविरसम्म पुग्ने पहिलो व्यक्ति हुन् ।
यस अघि २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए भने र छ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने व्यक्ति बने ।
बुढा मगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) समेत आरोहण गरिसकेका छन् ।